प्रभावकारी भएनन् गृहमन्त्रालयको हटलाईन सेवा

गुनासो कार्यन्वयन भएन


गृहमन्त्री जनार्दन शर्माले असार २७ गते सोमबार देखि प्रहरी सम्बन्धिको गुनासो जस्तै, भ्रष्टाचार , अनियमितता , अनावश्यक दुस्ख , उजुरी दर्ता नगर्ने , शान्तिसुरक्षालाई मजबुत नपार्ने , आफ्नु कर्तव्य पूरा नगर्ने , नागरिकका गुनासो नसुन्ने आदि इत्यादीलाई ध्यानकृष्ट गर्दै नागरिकका सबै गुनासो सिधै केन्द्रसम्म र्पुयाउने उद्देश्यका साथ ट्रोल फ्री नम्बर १११२ सञ्चालनमा ल्याउनुभयो । कुनै बेला उर्जामन्त्री भएर देशैलाई उज्यालो बनाउन सफल शर्माले गृहमन्त्रीमा कार्यभार सम्हाले लगत्तै नागरिकका गुनासो अब गृहमन्त्रालयले नै सिधै सुन्ने भएपछि नागरिक खुशी नहुनु कुरै भएनन् । तर, वाही वाही कमाएका मन्त्री शर्माले स्थापना गरेको ट्रोल फ्री नम्बर कत्तिको उपयोग होला त्यो एकपटक जान्नैपर्ने भएको छ । सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान दस बजेदेखि दिउँसोको चार बजेसम्म सञ्चालनमा आएको ट्रोल फ्री नम्बर प्रयोगबिहीन भएको हो । त्यहाँ कर्मचारीले गुनासो सुन्न हिच्किच्याउने गरेको नागरिकको गुनासो छ । नजिकैको प्रशासनलाई ध्यानाकर्षण गराउदा नसुनेपछि मैले गृहमन्त्री ज्युले उपलब्ध गराउनु भएको ईमेल र ट्रोल फ्री नम्बर मार्फत गुनासो टिपाए तर, गुनासो सुने भन्छ तर, त्यस्को कार्यान्वयन नै हुँदैन , उनले भने मैले २७ गते नै आर्थिक दैनिकमा समाचार प्रकाशित भएपछि कार्वाहीमा परेका प्रहरी हवल्दार रामप्रवेश यादव लाई किन निलम्बन गरेन ? भन्ने जिज्ञासा राखेको थिए । तर, उहाँले गुनासो टिपे , निर्देशन दिए र तपाईंको गुनासो दर्ता भयो त भने तर, हालसम्म त्यस्को कुनै लेखाजोखा भएको छैनन् । त्यस्तै अर्का एक गुनासोकर्ताले पनि आफूले गुनासो टिपाउने क्रममा मेल गर्दिनु भन्दै फोन राखे मेरो ईमेल छैनन् र त फोन गरेको छु नि । तर, उहाँले मेरो गुनासो सुन्नै नचाहेको र अत्याधिक फोन ब्यस्त बनाएर राखेको समेत आरोप लगाए । उनले आफ्नु नाम उल्लेख नगर्ने सर्तमा भने, मैले पर्सा जिल्लामा घुमुवा प्रहरीले आतंक गरेको सम्बन्धि गुनासो टिपाउन खोजे तर, कोहि सुन्न चाहेनन् । मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरले नसुनेपछी बाध्य भएर मैले शुक्रबार दिउँसोको १२ बजे फोन गरेको थिए , तर इमेल गर्दिनु भन्दै राखे जहाँ ट्रोल फ्री नम्बरको कुनै पनि मान्यता नै हुँदैन भने, सस्तो लोकप्रियता कमाउन हटलाईन सेवा खोल्नुको के अर्थ ? उनले प्रश्न राख्दै भने, गृहमन्त्रालयको ट्रोल फ्री नम्बर निष्प्रभावी छ । उनको गुनासो आएलगत्तै भण्डाफोर साप्ताहिकले शुक्रबार दिउँसोको साँढे १२ बजे सम्पर्क गर्दा मन्त्रालयको फोन उठेको थिएनन् । यी र यस्ता कच्चापदार्थको कामले सिंगो मन्त्रालयलाई नै गिज्याइरहेको छ ।