एसईई परीक्षामा छात्रातर्फ चितवनकी भुमिका नेपाल पहिलो ।

चितवन , असार ९ । पुर्वी चितवनको रत्ननगर १० मा रहेको एकता शिशु निकेतनले छात्रातर्फ आफ्नु स्कुल नेपाल पहिलो भएको दाबी गरेको छ । बिद्यालयका प्राचार्य बालहरी देवकोटाले छात्र तथा छात्रा तर्फ गरी चितवन पहिलो भएको र छात्रा तर्फ मात्रै हो भने आफ्नी छात्रा भूमिका आचार्य नेपाल पहिलो नै हुन सफल भएको दाबी गरेका हुन् । आफूले परीक्षा नियन्त्रण कार्यालयमै बुझेको बताउदै प्राचार्य देबकोटाले भूमिकाको जति जीपीए छात्रातर्फ अरु कसैको नआएको प्रष्ट पारेका छन् । रत्ननगर १ सौराहा चोक निवासी एक्नाथ आचार्यको सुपुत्री भूमिका आचार्यले नेपालीबाहेक सबै विषयमा ‘ए प्लस’ ग्रेड ल्याएकी छिन् भने नेपाली विषयमा समेत उनको ‘ए’ आएको छ । उनको जीपीए ३।९५ आएको छ ।