मध्यक्षेत्रमा प्रहरीको असुली धन्दा मौलाउदैं ।

तीन दर्जनभन्दा बढी प्रहरी खुलेआम असुली धन्दामा केन्द्रित ।


चितवन,असार ११÷प्रहरीकै संरक्षणमा बिगत लामो समयदेखि मध्यक्षेत्रका विभिन्न क्षेत्रहरूमा
तस्करीको ‘लाईन’ खुलेको पाइएको छ । मध्य क्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका डिआइजी गणेश केसीले आफ्नु क्षेत्रमा रहेका प्रहरीलाई समयमै बुझ्न र कार्वाही गर्न नसक्दा अहिले बारा, पर्सा , रौतहट, सर्लाही, महोत्तरी र धनुषामा प्रहरी अधिकृतहरुले नै घुमुवा परिचालित गरी तस्कर हरुसंग अबैध रकम असुल्ने गरेको पाइएको हो । हामीले गरेको एक साताको निरन्तर खोजी रिपोर्टमा प्रहरीकै संरक्षणमा विभिन्न जिल्लामा खुलेआम तस्करी मौलाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी हवल्दार संजय पासवान र प्रहरी जवान जयमंगल रायलाई खटाई स्थानीय मेथुर साह, गोपाल अग्रवाल, राज कुमार गुप्ता, मुख्तार मियाँ, रामबाबु यादव, श्यामबाबु साह, रामबाबु साहलाई कपडा, हार्डवेयर, सुर्ती, रजनीगन्धा , गुटखा भित्र्याउन ‘लाईन’ दिए पछि अहिले जिल्लाको मुख्य भन्सार नाकाबाट तस्करी हुने क्रम बढेको हो । त्यस्तै , जिल्ला प्रहरी कार्यालय रौतहटका घुमुवा प्रहरी हवल्दारद्वय प्रमोद सिंह, हिरोज मियाँ बुनियात , जितेन्द्र महतो, श्यामसुन्दर साहलाई प्रयोग गरी स्थानीय शम्भु साह, सुनिल साह, सुनिल जैसवाल , सुरेश यादव , र मनोज साहले कपडा, मोतिम अंसारी र जयमंगल साहले भारतीय कुखुराको चल्ला र अमरजीतले हार्डवेयरको तस्करी गर्ने गरेको पाइएको छ । यसबारे हामीले खबर संकलन गरेको थाहा पाएपछि हामीलाई रौतहट गौरका प्रहरी हवल्दार प्रमोद सिंहले टेलिफोनमा गाली गलौज गरेका थिए । तस्करीलाई छुट दिएको प्रमाण भेटिएको छ नि ? भन्ने हाम्रो जिज्ञासामा उनले प्रहरी उपरीक्षक यज्ञ प्रसाद पोख्रेल सित कुरा बुझ्न आग्रह गर्दै फोन काटेका थिए । यद्यपि , उनको आग्रहलाई स्विकार्दै हामीले जिल्ला प्रहरी प्रमुखलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । यस्ले पनि जिल्लामा एसपी कै संरक्षणमा तस्करी मौलाएको पुष्टि हुन आउँछ । उता , भारत सरकारले बिहारमा रक्सी प्रतिबन्ध गरे संगै बारामा समेत केही तस्करीहरु फस्टाएको छ । जिल्लाको देउरहवा, बतरा, बिसुनपुरवा र नौतनमा अवैध रक्सीको भट्टी संचालन गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट खटेका घुमुवा प्रहरी हवल्दार नथुनी साह, प्रहरी जवानहरू प्रमोद शंकर, संदीप पासवान, रमेश झाको टोलीले अबैध मदिराको तस्करीमा सहयोग लिने गरेका छन् । यस बिषयमा जिल्ला प्रहरी प्रमुखलाई फोन गर्दा उनी पनि हाम्रो सम्पर्कमा आउन मानेनन् । त्यस्तै , धनुषाको जनकपुरधाममा रहेको मुख्य भन्सारबाट नै सेटिङ मिलाएर तस्करहरुले निर्वाध रूपमा आफ्नु तस्करी धन्दा चलाए पनि प्रहरी प्रशासनको आँखा त्यसतर्फ पुग्न सकेको छैन् । अञ्चल प्रहरी कार्यालय जनकपुरका असई रामरेख यादव , प्रहरी जवान बैजु यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यारर्त सई जयलाल यादव र असई किश्मत भण्डारी, प्रहरी हवल्दार शिवशंकर ठाकुर , प्रहरी जवान छविलाल साह, प्रहरी जवान राजेन्द्र राय, चन्देश्वर यादवको घुमुवा टोलीहरुले स्थानीय जय कुमार यादव, शिव कुमार यादव, जय निधी, बिजय कर्ण, रञ्जित पहाडी, इश्माईल र रहमानले अवैध पैठारीको ‘लाईन’ दिएको पाईएको हो । आरोपित प्रहरी सहायक निरीक्षक भण्डारीले हामीलाई आधा धण्टा भन्दा बढी समय सम्झाउदै आफुले कुनै त्यस्तो किसिमको गलत नगरेको प्रष्ट पारे । यस्तै , महोत्तरी जिल्लाबाट भारततर्फ लागु औषध गाँजा निकासीमा प्रहरीकै संरक्षणमा भईरहेको फेला परेको छ । गाँजा तस्करीमा स्थानीय भोला साह, लक्ष्मी चौधरी, लक्ष्मण मण्डल गोपाल साह र हरी मण्डलको संलग्न रहेको पाइएको हो । तर, दुर्भाग्य नै भन्नु पर्छ यी सबैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले संरक्षण गरिरहेको पाइएको छ । प्रहरी कार्यालयले नै तस्करहरुसंग मिलेर अबैध रकम असुल्न दोलखा दरबन्दी भई लामो समयदेखि महोत्तरीमा कार्यारर्त असई जोखन बैठालाई जिम्मा दिएका छन् । अहिले पैसा उठाउने काम बैठा र घुमुवा प्रहरी जवान नन्दन राज गिरीले गर्दै आएको स्रोतले बतायो । नुवाकोट दरबन्दी भएका प्रहरी जवान गिरीले बिगत तेह्र महिनादेखि जिल्लाका हाकिमहरुलाई खुशी बनाएकै आधारमा थमौती पाएका हुन् । उनी अहिले महोत्तरीमै घुमुवा प्रहरीमा कार्यारर्त छन् । यस बिषयमा प्रतिक्रिया लिन खोज्दा प्रहरी जवान गिरीले जिल्लाबाट नै आफूलाई नपठाएको दाबी गर्दै रमाना दिए आफू जुनसुकै समयमा पनि जान तयार रहेको बताए । उता, अर्का आरोपित असई बैठाको दरबन्दी दोलखा भएपनि उनी लामो समय देखि महोत्तरी मै कार्यारर्त रहेको पाइएपछि हामीले शनिबार बैठालाई पटकपटक सम्पर्क गरेका थियौं । तर, उनी हामी सित बोल्न तयार भएका थिएनन् ।
यस्तै, नारायणी अञ्चल प्रहरी कार्यालयका घुमुवा प्रहरी हवल्दार महम्मद हुसेन, जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा प्रहरी हवल्दारद्वय बिजय यादव, सत्यनारायण मिश्र, प्रहरी जवानद्वय नन्दन मण्डल र राम कुमार गुप्ताकै संरक्षणमा यतिखेर अवैध कपडाको पैठारी भैरहेको छ । यहाँका स्थानीय तस्करी सुनिल जयसवाल, राजा विशु दाजुभाई, अन्तोष, सोहन जालानलाई संरक्षण गरेकै आधारमा उनको मनपरी बढ्दै गएको हो । यसैगरी , रौतहटका एसपी यज्ञविनोद पोखरेलको विश्वासपात्र घुमुवाका रूपमा रहेका असई बब्लु ठाकुरको मनपरीले रौतहटका स्थानीय आजित बन्न पुगेका छन् । अञ्चल प्रहरी कार्यालय जनकपुरमा हाजिर भएका ठाकुरले धनुषा, महोत्तरी र सर्लाहीका व्यापारीहरू सम्म खुलेआम रकम असुल्दै आएपछि क्षेत्रमा पुगेका ठाकुर अहिले धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्ला हेर्ने घुमुवा प्रमुखका रूपमा कार्यारर्त छन् । म क्षेत्रीय प्रहरी कार्यालयको प्रहरी हुँ भन्दै तराईका विभिन्न जिल्लाहरुमा स्थानीयहरुलाई अनावश्यक दुस्ख दिने गरे पनि असई ठाकुरलाई प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत रहेको उजुरी छानविन टोलीले न त बोलाउन सक्यो , न त अनुसन्धानको दायरामा न ल्याउन सक्यो ।
यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एसपी गोविन्द शाहले आफू असोज २ गते अगाडि नै जिल्लाबाट सरुवा हुन सक्ने भन्दै घुमुवाहरूमार्फत् तस्करीको लाइन चलाएर जथाभावी पैसा असुल्ने गरेका छन् भने, पुर्व गृहमन्त्री विमलेन्द्र निधिको आडमा बिरगंजमा लुट मच्चाउन समेत सफल भएका छन् । स्रोतका अनुसार एसपी शाहले निधि जी मेरै गृहजिल्लाका नेता हुन् भन्दै यहाँका सोझा साझा ब्यापारीहरु लाई दिनदहाडै धम्काउदै पैसा असुल्ने गरेको आरोप ब्यापारीहरुको छ । एसपी शाहले तस्करदेखि व्यापारीहरूबाट पैसा उठाउने जिम्मा नन्दन मण्डल , हवल्दार गोपाल भन्ने सत्यनारायण मिश्र र राजु गुप्तालाईलाई दिएका छन् । सानो दर्जामा रहेका मण्डलले यहाँका ठूला ठूला व्यापारीहरू देखी तस्करीसँग नजिकको सम्बन्ध गाँसेर स्थानीयलाई दुःख दिने गरेको पाइएको हो । यता , आरोप लागेका मण्डलले त्यस्मा कुनै सत्यता नभएको बताए पनि कार्यालयकै एक कर्मचारीले भने , ‘नन्दनले प्रयोग गर्ने मोबाइलको कल डिटेल हेर्ने हो भने कुन कुन तस्करी र ब्यापारीसँग कति नजिक भई बोल्छन् भन्ने तथ्य बाहिरिने बताए । रामेछाप दरबन्दी भएका मण्डल लामो समयदेखि वीरगञ्जमा घुमुवाका रूपमा कार्यरत छन् भने, दोलखा दरबन्दी भएका गुप्ता र सप्तरी दरबन्दी भएका मिश्र पनि यहीँ छन् । त्यस्तै , घुमुवाका रूपमा परिचालित असई तेजप्रताप सिंहलाई एसपी शाहले टाइगर टोलीको कमाण्डरको जिम्मेवारी दिएका छन् । सिंहको कमाण्डमा हवल्दार शम्भु प्रसाद यादव र जवान वीरबहादुर साह छन् । यसरी लाइन पाउनेहरूमा विनोद साह, भगतजी , मुना मियाँ , जटाधारी, यादव, वीरेन्द्र पटेल, बालकृष्ण पोखरेल प्रमुख रहेका छन् । जस्ले गर्दा अहिले इनर्वा भन्सार, छपकैया र जानकी टोला बाट खुलेआम तस्करी भइरहेको छ । उता, चितवनको जुगेडीमा रहेको प्रहरी चौकीका प्रहरी नायब निरीक्षक अक्षयकुमार साहले जिल्ला प्रहरी कार्यालयका प्रशासनिक कक्षका प्रहरी निरीक्षक जयनारायण यादवलाई मासिक ६० हजार रूपैयाँ बुझाउनुपर्ने भन्दै यहाँका व्यवसायीहरूलाई दुःख दिने नियतले खुलेआम रकम असुल्ने गरेको आम गुनासो बढिरहेको पाईएको छ । असई साहले बर्दीको आडमा मनपरी गर्दै  काठ तस्करी सित अबैध सम्बन्ध गासेर वन फडानीको काममा सक्रिय तस्करहरु सगं रकम  लिनुका साथै गिटी र बालुवाको तस्करीमा समेत संरक्षण दिईरहेको खुलासा जुगेडी बासिन्दाले गरेका छन् । साहले अत्याचार गर्न थालेको सम्बन्धि सुचना पटकपटक जिल्ला प्रहरी कार्यालय चितवनलाई गराए पनि कुनै सुनुवाइ नहुनुले स्थानीयले जिल्ला प्रमुखको नियत माथि नै शंका गर्न थालेका छन् । जिल्लामा पटकपटक व्यापक अनियमितता , भ्रष्टाचार र घुसखोरीले जरा गाड्दा समेत चितवन प्रशासन मौन बसेको भन्दै जुगेडीका स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । उता, जिल्ला प्रहरी प्रमुख दिपक थापा सित प्रतिक्रिया लिदा उहाँले खबर सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, जुगेडी बासिन्दाले के आधारमा भन्नुभयो , त्यो मलाई थाहा छैन् । तर, उहाँले जुगेडीमा राम्रोसँग काम गर्नुभएको छ । त्यस्तै, नेपाल सरकारले मुख्यराजमार्ग (हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट तगराहरु राख्न नपाइने नियम लागु गरेपनि चितवनमा भने उक्त नियमको खिल्ली उडाईएको पाइएको छ । चितवन जिल्लाको नारायणगढ मुग्लिङ सडक खण्डको रामनगर र भरतपुर हेटौंडा सडक खण्डको भरतपुरकै गोन्द्राङ्मा भने मुख्य राजमार्ग को छेउमै घुम्ती राखी अबैध असुलीको काम भईरहेको हो । ती असुली केन्द्रले मालवाहक सवारी ट्रक,टिपर, ट्याकंर,कन्टेनरका चालक हरुबाट १८० देखि ३५० रुपैयाँसम्म दुर्घटना राहत कोषको नाममा गैरकानुनी रुपमा जर्बजस्ती पैसा उठाइरहे पनि नजिकै रहेका ट्राफिक प्रहरी पोष्ट र प्रहरीहरुकै आँखा पुग्न सकेको छैनन् । मकवानपुरको हेटौंडामा प्रधान कार्यालय रहेको नारायणी यातायात व्यवसायी संघद्धारा सञ्चालित त्यस्ता गैरकानुनी अबैध असुली कार्य बर्षौबाट सुरु भए पनि त्यसलाई नियन्त्रणमा लिन चितवन प्रहरीले अझै सकेको छैन । यस्तै,े  गुण्डागर्दी, चोरी र तस्करी जस्ता अवैध क्रियाकलाप पछिल्लो समय पुनः बढ्न थालेको छ । उहीँ बेलामा झन्डै एक हजार भन्दा बढी चोरीका मोटरसाइकल र दर्जनौ गाडीको तस्करी गरेर प्रहरी कारवाहीमा परिसकेको गिरोह फेरी सक्रिय भएको हो । चितवनका पुराना र नयाँ घुमुवा प्रहरी देखी गुण्डा नाइकेसम्म सेटिङ मिलाएर ती गिरोहले अबैध कारोबार गर्दै आएको छ । तस्करीहरुले अहिलेपनि चोरीका मोटरसाइकल भित्र्याउँदा समेत प्रहरीले उनीहरुलाई कारबाही गर्न सकेको छैन । चितवनमा तस्करहरुले चोरीका गाडी र मोटर साइकलको अबैध कारोबार तथा नक्कली लाइन्सेन्स र बिलबुकको अबैध धन्दा लाई अझ बढाउदै लगेको  खुल्नमा आएको छ । अझै अनौठो त के भनें नि ? जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कर्यालय चितवन भएर नै सबै तस्करीका समानहरु काठमाण्डौ र पोखरा सम्म जाने गरेको खुलासा भएको छ । जसकारण , राजधानी काठमाडौं पछि निकै संवेदनशिल मानिएको चितवनमा नयाँ प्रहरी प्रमुख फेरिएसँगै विभिन्न गैरकानुनी धन्दामा संलग्नहरु सक्रिय हुन थालेका छन् । यस असुलीको लागी प्रहरी हवल्दार बिरेन्द्र यादवको नेतृत्वमा प्रहरी हवल्दार देवशरण पटेल र प्रहरी जवान सुरेन्द्र साहले टोली समेत बनाई रहदा सम्पूर्ण घुमुवाहरुको निगरानी र असुलीको लागी प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा प्रहरी नायब निरीक्षक सागर समशेर राणा प्रहरी सहायक निरीक्षक अच्छेलाल हजराको टोली खटिएको छ । उनै थापा जसलाई तत्कालीन डिआईजी पशुपति उपाध्यायले कार्वाहीको लागी पेन्डिङमा राखेको र यत्ती कै समयमा हालका डिआइजी के.सी. आएपछि उनको पेन्डिङ अवस्था रोकिएको हो । यस्ता धन्दा गर्नेहरुलाई बरिष्ठ प्रहरी अधिकारीहरुले संरक्षण दिंदै आएको स्वंय प्रहरी स्रोत नै उल्लेख गर्छ ।