निर्वाचन बहिस्कारबाट चिप्लियो नेकपा विप्लव समूह

थवाङमा उम्मेदवारी दर्ता

लिवाङ । स्थानीय तहको निर्वाचन बहिस्कारको नारा दिँदै आएको नेत्रविक्रम चन्द विप्लव बहिस्कारको नाराबाट नराम्ररी पछारिएको छ ।

देशभर स्थानीय तहको निर्वाचन बहिस्कार गरेको विप्लव समूहले रोल्पाको थवाङमा उम्मेदवारी दर्ता गराएको हो ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव नेतृत्वको नेकपाबाट भक्तबहादुर घर्तीले उम्मेदवारी दर्ता गराएका छन् ।

विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका हुन् । उनी रोल्पाको उवा निवासी हुन् ।

यसअघि सो समूहले स्थानीय तहको निर्वाचन जनतासँग प्रत्यक्ष रुपमा जोडिने भएका कारण अहिलेको संविधानको भण्डाफोर र आफ्नो एजेन्डा जनतासम्म लैजानका लागि क्रान्तिकारी उपयोगमा रहेको नेकपा (क्रान्तिकारी माओवादी) अन्य दलजस्तै निर्वाचनमा गएको भन्दै निरपेक्ष आलोचना गर्दै आएको थियो ।