अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी

भरतपुर चितवन
राष्ट्रिय शिबसेना नेपाल पार्टीलका  केन्द्रिय अध्यक्ष बिक्रम बहादुर बमले अहिलेको संबिधान खेरेज नगरे ससस्त्र धार्मीक युद्ध गर्ने चेतवानी दिएका छन् ।राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कार्यसमिती चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । आगामी मङिसर ४ गतेभित्र अहिलेको संीबधान खारेजगरी ०४७ सालको संबिधान कार्यन्वयन नगरे आगामी माघ २३ गते ससस्त्र धार्मीक युद्ध घोष्णा गर्ने उनले चेतवानी दिएका हुन् । राष्ट्र र राष्ट्रियता रक्षाका लागी आफ्ना पार्टीका सबै कार्यकताहरु जस्तोसुकै मुल्य चुकाउनपनी पछि नपर्ने उनको भनाई छ । ९० प्रतिशत सभासदको हस्ताक्षरमा संबिधान जारी भएपनी देशका ९० प्रतिशत जनताले अहिलेको संबिधानलाई अपनत्व नगरेको उनको बुझाई छ । अखण्ड नेपालको बिकल्प नभएको भन्दै उनले  गणातान्त्रिक  संबिधान बाट देशले निकास नपाउने ठोकुवा गरे ।अहिलेको संबिधानले धार्मीक,जातिय एंब भौगलीक द्धन्द निमत्याउने उनको बुझाई छ ।  अहिलेको स्थानीय निकायको कुनै औचित्य नभएको भन्दै शिबसेनाले स्थानीय निकायको चुनाब बहिस्कार गरेको उनको भनाई छ ।
यसैबिच राष्ट्रिय शिबसेना नेपाल पार्टी जिल्ला कमिटी चितवनको पुनरगठन गरिएको छ  । चिज कुमार श्रेष्ठको अध्यक्षताामा आगामी ५ बर्ष कार्यकालका लागी नया कार्यसमिती गठन गरिएको हो । नबगठित कार्यसमितीको उपाध्यक्षमा रामराजसिंह ठकुरी,पुजा रिमाल,सचिबमा विश्वराज न्यौपाने,र कोषाध्यक्षमा रामचन्द्र पिया रहेका छन् । त्यस्तै सदस्यहरुमा सानुमाया शाक्य,रुदबहादुर सेन ठकुरी,सिधु पन्त,दिपकसिंह ठकुरी,दिपेन्द्र रेग्मी,श्यामसुन्दर राज बिष्ठ,रहेका छन् । राष्ट्रिय शिबसेना नेपाल पार्टीले हालसम्म देशका ४३ जिल्लमा आफ्नो संगठन बिस्तार गरेको जनाएको छ ।