घरबाहाल उपभोक्ता मञ्च माडिमा पाठक


नेपाल घरबाहाल उपभोक्ता मञ्च माडि ईकाईको अध्यक्षमा सुर्य पाठक निर्बिरोध चयन भएका छन् । माडि ईकाईको तदर्थ समितिका अध्यक्ष सुर्य पाठकलाई सोमबार आयोजित भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा निर्बिरोध चयन गरेको हो । यसैगरि समितिको उपाध्यक्षमा युबराज सुबेदि ,सचिबमा अपेक्षा चौधरी ,सह–सचिबमा नारायण सुबेदि ,कोषअध्यक्षमा उमा सापकोटा , सदस्यहरुमा दिपेन्द्र न्यौपाने र याम प्रसाद  रहेका छन । रिक्त रहेका २ पदमा पछि मनोनित गरिने जनाईएको छ ।
यसैविच, कार्यक्रममा नेपाल घरबाहाल उपभोक्ता मञ्च चितवन शाखाका अध्यक्ष दुर्गा प्रसाद गौतम प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलार्य सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले घरबाहालको निति नियमको बिषयमा जानकारी गराउदै माडिका ब्याबसायिहरु आफ्नो हकहित र कर्तब्यका लागि एकजुट भएर अघाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।