काठमाण्डौंबाट फरार चोर चितवनमा पक्राउ

चितवन, जेठ ३०
काठमाडौँबाट नगद तथा जिन्सी चोरी गरी फरार दुईजना चोरलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका चितवन प्रहरीले जनाएको छ । चोरी गरेर काठमाडाँैबाट बस चढी पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट मगंलबार बिहान पक्राउ गरेको हो । दुवैजना काठमाडाँै महानगरपालिका– ३२ तीन कुने गौरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए ।