अझैं नक्कली बिउ बजारमा, काकाको फोर्समा भतिजाको दबदबा

चितवन । नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७८६ कभर फेरिएर रेश्मा ७८६ भएर बजारमा ल्याइएको छ । उक्त बिउ आयातकर्ता निम्बस इन्टरनेशनलको साँठगाठ र मिलेमतोमा उक्त नक्कली बिउको कभर फेरेटबजारमा ल्याइएको हो ।

बिउ बिजन केन्द्र हरिहर भवनले आँखा चिम्लिएको कारण उक्त नक्कली बिउ बजारमा आएको हो । निम्बस इन्टरनेशनलका बजार प्रबन्धक डा. शितलकाजी श्रेष्ठको पहलमा उक्त बिउ पुनः बजारमा आएको हो । श्रेष्ठका काका नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रको बरिष्ठ नेता हुन् । काकाको सोर्स लगाउदै श्रेष्ठले कृषि मन्त्रालय र मातहतका विभागहरुलाई प्रेसर दिएकै कारण बिउ बिजन केन्द्र र कृषि मन्त्रालय निरिह एवं लाचार छाँयामा परिणत भएको कृषि मन्त्रालय निकट एक श्रोतले भण्डाफोरलाई जानकारी दिएको छ ।

श्रोतका अनुसार माओवादी केन्द्रका मन्त्रि गौरि शंकर चौधरीलाई निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारिया र डा. श्रेष्ठले प्रभावमा परि सिधै बिजन केन्द्र हरिहर भवनमा रेश्मा ७८६को नाममा बायोसिडलाई कभर फेरेर अबैध रुपमा बिउ विक्रि गर्न छुट दिइएको देखिन्छ । स्मरण रहोस रेश्मा ७८६ आफ्नो धान नरहेको भनि ०७१ माघमा स्वंय बायोसिडका म्यानेजर विबेक सिंहले बिउ बिजन केन्दै हरिहर भवनमा निवेदन दर्ता गराएका थिए ।

यसरी बजारमा  मन्त्रालय र बिउ बिजन केन्द्रकै भष्टहरु सँगको सेटिड्डमा बायोसिड ७८६ लाईनै रेश्मा ७८६ बनाई कमिशनको खेलमा गैरकानुनी हर्कत भएको देखिन्छ । यस विषयमा नेपाल सरकारको अलवा अख्तीयार अनुसन्धान आयोग लगायतका निकायहरुले छानबिन गर्नुपर्ने देखिन्छ । यस बिच नक्कली धानको बिउ बिक्रि गर्ने निम्बस ईन्टरनेशनललाई नेत्रविक्रम चन्द विप्लप नेतृत्वको ने.क.पा.ले कार्बाह ीगर्ने भएको छ । नेकपा एक बरिष्ठ केन्द्रिय सदस्यले भण्डाफोरसँग कुरा गर्दै राज्य ठग्ने र किसान लुट्ने धन्दामा संलग्न निम्बस इन्टरनेशनलाई आवश्यक कार्वाही गर्ने नै छौ ।

त्यसको लागि उचित समयको पर्खाइमा छौ उनले भने । गैरकानुनी हर्कत गर्ने जनता लुट्ने र ठग्ने कार्यमा संलग्न राज्यकै निकायहरुले तत्काल छानबिन र कार्बाह ीगर्न नसकेमा भविष्यमा जनता आफै विद्रोहमा उठेमा वा विद्रोही शक्तिले कार्बाही गरेमा अन्यथा मानि राख्नु नपर्ला ।