बजारमा धानको बिउमा कालोबजारी, प्रशासन भने बेखबर

चितवन । चितवनको नारायणगढ लगायतका बजार क्षेत्रमा अहिले धानको बिउमा ब्यापक कालोबजारी भईरहेको खुल्नमा आएको छ। धानको बिउ लगाउने सिजन शुरु भए सँगै बजारमा विभिन्न जातका धानहरु विक्रिको लागि राखिएकोमा ति बिउहरुमा ब्यापक कालोबजारी भईरहेको हो ।

चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, खोलेसिमल, भण्डारा, चनौली, गितानगर, माडि र नवलपरासीको गैडाकोट, कावासोती डण्डा लगायत देशैभरका बजारमा विक्रिमा ल्याइएका कयौँ धानका बिउहरुमा सामान्य मूल्य भन्दा दशौगुण मुल्य बढाएर किसानहरुलाई विक्रि गर्ने कार्य भईरहेको हो । बजारमा पाइने लोकनाथ ५०५ गोरखनाथ ५०९ लगायतका कयौँ धानका विउहरु हाईव्रिड नभए पनि हाईब्रिडको मूल्यममा बिक्रि भईरहेको एक गोप्य श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको हो ।

श्रोतका अनुसार गोरखनाथ बायोजिन्स इण्डिया लि. द्धारा उत्पादित धानका बिउहरु लोकनाथ, गोरखनाथ हाईब्रिड नभए पनि हाईब्रिडको मुल्यमा विक्रि भईरहेको हो । सामान्य उन्नत वा लोकल जातका धानको विउको बजार मुल्य रु ३० देखि ५० सम्म पर्दछ तर त्यही किसिमको लोकनाथ र गोरखनाथ धानको बिउ भने हाईब्रिडको मुल्य रु ३०० भन्दा माथि पर्दछ । उक्त विउ हाईब्रिड हो भन्दै बषँैबाट सरकारी निकायका केही भ्रष्ट कर्मचारीहरु सँगको मिलेमतो र सोटिड्डमा नेपालका बजारहरुमा बिक्रि गरिदै आएको श्रोतको दाबी छ ।

नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगत बिउविजन केन्द्रहरिहर भवन र जिल्ल कृषि विकाश कार्यालयहरुको आँखामा धुलो छर्कदै निर्वादरुमा उक्त बिउहरुमा बर्षौबाट कालो बजारी भईरहेको हो । हाईब्रिडको मुल्यमा सामान्य जातको धानको बिउ विक्रि गर्नु भनेको ब्यापारीहरुले किसानबाट दशौँ गुणा बढि मूल्य लिने कार्य हो । दशगुणा बढि मुल्य लिनु भनेको सिधै कालोबजारी हो ।

नेपाल उपभोक्ता अधिकार मञ्च चितवनका अध्यक्ष कपिल पाण्डेले बताए । उनले अगाडि थपे कालोबजारी भईरहेको उक्त धानको बिउ जफत गरिनु पर्दछ । मूलय समायोजन नगरिकन विक्रि वितरण हुन दिन हुन्न यो वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला कृषि विकास कार्यालयको काम हो । हामी उहाँहरुलाई तत्काल अनगुमन र छानविन गर्ने आम उपभोक्ता किसानहरुको तर्फबाट अपिल गर्दछौ ।

कालो बजारीलाई रोक्न प्रशासनले यथाशिध्र अनुगमन र कार्बाही प्रक्रियालाई प्रभावकारी बनाउन लाग्नु पर्दछ । उपभोक्ता अधिकार र संरक्षण मञ्च चितवनका शैलेन्द्र श्रेष्ठले भने । उनले अगाडि थपे केही दिन यता प्रशासनको उपस्थिति कम भएसँगै बजारमा कालोबजारी बढिरहेको गुनासो आईरहेको छ ।

त्यसलाई प्रशासनले तत्काल सम्बोधन गर्नुपर्दछ । यता जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्मा ढुड्डानाले चुनावको कारण केही दिन अनुगमन रोकिएको एक दुई दिन भित्रबाटै बजारमा अनुगमनलाई तिब्रता दिने बताए । उनले अगाडि थपे काला बजारीलाई कुनै पनि हालतमा छाडिदैन । कार्बाही गरेरै बायोजिन्स ईण्डिया लिमिटेडको मकै विक्रिमा प्रतिबन्ध लगाएको छ ।

उक्त कम्पनिले नेपालमा भित्र्याउने मकैको बिउ बजारमा ल्याएकाले उक्त कम्पनिलाई कार्बाही गरेको थियो । सोही कार्बाही पश्चात सो कम्पनिको मकैको बिउ नेपालमा आउन सकेको छैन । नेपाल सरकारको विरुछ किर्ते धन्दा गर्ने त्यहि कम्पनिले सामान्य सुधारिएको लोकनाथ ५०५ र गोरखनाथ ५०९ जातका धानका बिउलाई नै हाईब्रिड बिउ भन्दै अत्याधिक मूलय लिई आम किसानहरुलाई ठगि गरिरहेको हो । बर्षौबाट यसरी किसान ठगिरहेको भएपनि कृषि बिभाग, जिल्ला कृषि विकाश कार्यालय र जिल्ला प्रशासन बेखबर जस्तो हुनलाई निकै अर्थपूर्ण र आशंका पूर्ण रुपमा हेरिएको छ ।

खैर अब पनि उक्त बिउमा खुलम खुल्ला कालोबजारी हुन छुट दिइन्छ या छानबिन र कार्बाही हुन्छकी हुदैन त्यो भने आगामि दिनले बताउनेछ । हामी आम किसानको तर्फबाट बिउ बिजनमा भईरहेको कालोबजारी तत्काल बन्द गर्न जोडदार अपिल गर्दछौ । आम किसानहरुलाई कालोबजारीयाहरुको  ठगिबाट बचाउन प्रशासनले कस्तौ रुख अपनाउछ त्यो भने समयले बताउँछ ।