घुमुवा मार्फत अबैध पैसा असुल्दै एसपी थापा

माओवादीलाई बाँदर भनेपछि झनै विवादमा

चितवन÷जिल्लामा शुरुका दिनहरुमा शान्ति सुरक्षा र अमन चैंन स्थापित गराउन सफल मानिएका चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपक थापा अन्तत ः नराम्ररी बिवादमा छाएका छन् । गाडी चोरी तस्करीमा प्रत्यक्ष संलग्न भएको आरोपमा केहीदिन अगाडी मात्रै पक्राउ परेका नामुद तस्कर ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठलाई एसपी थापाले बिना कार्वाही नै छाडिदिएपछि उनी यतिबेला सर्बत्र आशंकाको घेरामा पर्नुको साथै बिवादमा तानिएका हुन । दीपुले भारत घर भएका टिएन मिश्र र आलम मार्फत भारतबाट चोरीका गाडी र मोटरसाइकल भित्र्याएर वीरगञ्ज , मकवानपुर , चितवन हुँदै राजधानी सम्म र्पुयाउने काम गर्दै आएका थिए । भारतबाट पुराना तथा नयाँ गाडीहरू चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने र नयाँ गाडी चोरेर ल्याई त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएका छन् ।

त्यस्तै , वीरगञ्ज र भैरहवाको भन्सारमा समेत सेटिङ मिलाएर अबैध गाडीको कारोबार गर्दै आए पनि निजलाई कारबाही गर्नुको सट्टा चितवनका एसपी थापा र घुमुवा प्रहरी हवल्दार रामप्रवेश यादवको प्रत्यक्ष मिलोमतोमा श्रेष्ठलाई छाडेपछि उनी यतिबेला सर्वाधिक विवादमा तानिएका हुन् । स्रोतका अनुसार ‘दीपु’लाई त्यसै छाड्नुमा घुमुवा प्रहरी हवल्दार यादवकै मुख्य संलग्नता रहेको पनि पाइएको छ । उनी एसपी थापाको चम्चा हुन् ।

एसपी थापाले जे जे भन्छन , त्यहीं त्यहीं गर्दै हिड्ने प्रहरी हवल्दार यादवले केही महिना यता आफ्नो  पदिय  मर्यादा बिपरित काम समेत गर्दै आएका छन् । प्रहरी संगठनभित्र मर्यादा बिपरित काम गर्नुको साथै प्रत्यक्ष घुसखोरीमा संलग्न रहेको र आचारसंहिता बिपरित काम गरेको भेटिनुका साथै जनतालाई दुःख दिने गरेको सम्बन्धि जनगुनासो आएपछि तत्कालीन प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरले प्रहरी हवल्दार यादवलाई ईलाका प्रहरी कार्यालय भण्डाराबाट सरुवा गरी जिल्लामा तानेका थिए । तर, अहिले पुनः जिल्लामा नयाँ एसपी थापाले उनै विवादित छविका प्रहरी हवल्दार राम प्रवेश यादवलाई घुमुवा प्रहरीको जिम्मेवारी पुनः दिएपछि थापामाथि प्रसस्तै शंका उब्जिएको हो ।

हाल , कास्कीमा सरुवा भई गएका तत्कालीन एसपी कुँवर भन्छन् ः यादवले नियमबिपरित जनता सित पैसा मागेर दुःख दिने गरेकोले मैले त्यसलाई त्यहाँबाट  सरुवा गरेर जिल्लामा तानेको थिए । म त्यहाँबाट हिंडे लगत्तै नयाँ एसपी थापाले यादवलाई पुनः घुमुवा प्रहरीको जिम्मेवारी दिएछन् । उनले भने , अहिले यादवलाई त्यहाँका एसपी थापाले संरक्षण गरेको भन्ने मैले सुनेको छु । चितवनको एसपी नै बदमास भएको र यादवको आडमा उनको त्यहाँ मनपरी भइरहेको कुँवरले बताए । यादवले जनतासंग उठाएको सबै पैसा थापाको पोल्टामा जाने गरेको दाबी समेत कुँवरले गरे ।

जिल्लामा अहिले थापा र यादवको मनपरी बढेको छ भन्ने मैले सुनेको छु , उनले भने । यता, नाम उल्लेख नगर्ने सर्तमा सोही कार्यालयका एक प्रहरी कर्मचारीले दिएको संक्षिप्त जानकारी अनुसार तस्करसँग सांगगाठ गाँसेका घुमुवा प्रहरी हवल्दार यादवले पछिल्लो समय ‘दीपु’लाई प्रयोग गरेर मोटो रकम उठाएको बुझिन आएको छ । स्रोत भन्छ ः ‘दीपु’ भन्ने सँग मोटो रकम लिएकै आधारमा दिपुलाई रिहाई गरियोे । हामी त तल्लो दर्जाको प्रहरी कर्मचारी हौं । हामीले सोध्ने कुरा नि भएन् नि ? बिहान खाए,बेलुका के खाउ हुन्छ ? हाकिमहरुले जे जे भन्नू हुन्छ हामीले त्यहीँ त्यहीँ मान्नु परीहाल्यो नि ?

प्रहरीले पुस २ गते भरतपुर–४ बाट बरामद गरेको रातो रङको सुजुकी मारुती कार, बा ४० प ६९५६, ना ५ प ४५९५, ग १ प. ९३०, ना १७ प २८४९, बा ३ प ७९५०, लु ४ प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल समेत दीपुको रहेको पाइए पनि उसलाई कार्वाही नै नगरी छाडेपछि चितवन प्रहरीको सवत्र आलोचना हुन थालेको छ । उता, आरोप लागेका घुमुवा प्रहरी हवल्दार यादवलाई सम्पर्क गर्दा उनले आफूमाथि लागेको आरोप सत्य नभएको जिकिर गरेका छन् ।

उनले आफू जिल्लामा सरुवा भएर आएको करिब ८ महिना मात्रै भएको भन्दै त्यस्तो केही गलत काम नगरेको बताए । प्रमाणित भए के गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् ः कसैले प्रमाणित गरेर देखाउछन् भने सजाय भोग्न बिलकुल तयार भएको र केही ब्यक्तिले आफू सहित एसपी थापालाई सुनियोजित ढंगले फसाउन खोजिएको दाबी समेत उनको थियो । उता , जनतासंग जवरजस्ती पैसा लिएपछि तत्कालीन एसपी बसन्त बहादुर कुँवरले तपाईंलाई भण्डाराबाट जिल्लामा ताने छन् नि भन्ने हाम्रोे जिज्ञासामा यादव भन्छन् ः कुँवरले मलाई कुनै कार्वाही गरेको छैनन् ।

म एउटा  गरिबको छोरो हुँ , दुई चार रुपैयाँ लिएर मैले के गर्नु ? आस्चर्यको कुरा त के भने, आफूले कसैसँग एक रुपैयाँे सिधैं एसपी थापालाई सम्पर्क गरेको बुझिएको छ । उता, यस विषयमा जानकारी लिन एसपी थापा संग फोन सम्पर्क गर्दा उनले ’दिपु’ भन्ने लाई नियन्त्रणमा लिएको र अनुसन्धानका क्रममा उनी गलत नभेटेपछि रिहाई गरिएको बताए । त्यस्तै, हामीले नै दोस्रो नम्बर बाट एसपी थापालाई तस्कर दिपक श्रेष्ठलाई किन उन्मुक्ति दिएको भनी प्रश्न गर्दा माथिको आदेशले गर्दा छाडेको प्रतिक्रिया दिदै केही सञ्चारमाध्यमले कुरै नबुझी आफू विरुद्ध लागेको भन्दै उल्टै गुनासो गरे । खबर सम्प्रेषण गर्ने पत्रकारको अधिकार हो , मेरो बारेमा जे बुझ्नु भएको छ , त्यहीं त्यहीँ लेख्नुस , म यस बिषयमा केही बोल्दिनँ, समय आए के गर्नुपर्छ म गर्छु भन्दै उनी उम्किने प्रयास गरेका थिए । उनले आफूलाई फसाउने उद्देश्यले केही ब्यक्तिले आफू विरुद्ध हेल्लो सरकारमा समेत उजुरी दिएको प्रष्टाए । यसअघि उनले चोरीका गाडी कारोबार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउने घोषणा गरेका थिए भने, पत्रकार सम्मेलन नै गरेर ‘दीपु’ भन्ने दीपेन्द्र श्रेष्ठ लगाएतका तस्करहरुकोे गिरोह आफ्नो कारबाहीबाट जोगिन नसक्ने दाबी गर्दै आएका थिए ।

अहिले  गिरोहले प्रहरीमा सेटिङ मिलाएका कारण खुल्म खुल्ला चितवनमा गाडी र मोटरसाइकलको तस्करीको कारोबार गर्न थालेका छन् । स्रोतका अनुसार दीपुले ग्लोवल आईएमई बैंक लुटपाट काण्डका अभियुक्त काठमाडौं बानेश्वर बस्ने टीका थापा मगर, खोल्डे भन्ने सुभराज थापा मगर र उदयपुर घर भएका श्याम थापा भन्ने सुमित लामालाई परिचालन गरी काठमाडौं बाट हराएका मोटरसाइकल चितवनमा ल्याई पाटपुर्जा परिवर्तन गरी नयाँ बनाएर पुनः काठमाडौंमै लगेर विक्री गर्दै आइरहेको स्रोत बताउँछ । त्यस्तै, दुई वर्ष अघि चितवन प्रहरीले दर्जनभन्दा बढी चोरीका गाडी र मोटरसाइकल सहित विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्बर समेत बरामद गरेको थियो । तर, अहिले प्रहरी अधिकारीकै मिलेमतोका कारण दीपुको समूहले गिरोह परिचालन गरी काठमाडौं, ललितपुर, भैरहवा, नवलपरासीमा हराएका अधिकांश मोटरसाइकल आफ्नो मनकामना वर्कशप एन्ड रिकन्डिसन हाउसमा ल्याएर पार्टपुर्जा झिकी अबैध कारोबार गर्दै आएका छन् । उता, दिपु श्रेष्ठलाई किन छाडेको भन्ने हाम्रो जिज्ञासामा जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँटका प्रहरी निरीक्षक अन्जना श्रेष्ठले आफूलाई यस बिषयमा केही थाहा नभएको र यी सबै कुरा प्रहरी प्रबक्ता दिपक श्रेष्ठलाई मात्रै थाहा हुने भन्दै उनलाई सम्पर्क गर्न आग्रह गर्दै  फोन काटेकी थिइन् ।

जबकी जिल्ला प्रहरी कार्यालयकै कन्ट्रोल रुमका अनुसार मुद्दा फाँटका प्रहरी निरीक्षक श्रेष्ठलाई जिल्लाको सबै कुराको जानकारी हुने बताए । उता, मध्यक्षत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गर्णेश केसी सित राय लिदा उनले यस बिषयमा आफ्नु हटलाइनमा एसपी थापा र हवल्दार यादव विरुद्धमा धेरै गुनासो आएको र शुक्रबार मात्रै प्रहरी प्रधान कार्यालय नक्सालबाट समेत उनीहरुकै विरुद्धमा पत्र आएकोले आइतबार देखी नै आफूहरुले अनुसन्धान थाल्ने बताए । त्यस्तै, क्षेत्रीय प्रशासन कार्यालयका प्रशाशक शम्भु केसी सित प्रतिक्रिया लिदा उनले त्यसो भए कार्वाही हुने बताउदै जिल्ला प्रशासन कार्यालय चितवनको नाउँमा शुक्रबार नै पत्र काटेको प्रष्ट पार्दै दोषी कोहि उम्किन नपाउने बताउँछन् । उता, घट्नाको बिषयमा आवश्यक छानबिन गरी र दोषी भेटिएको खण्डमा ती प्रहरी अधिकारीलाई कडा भन्दा कडा कार्वाही किन नगर्ने भन्दै केही ब्यक्तिहरुले मध्यक्षत्रीय प्रहरी कार्यालय मकवानपुर , प्रहरी प्रधान कार्यालय नक्साल , अप्रेसन महाशाखा हेड्क्वाटर, क्षेत्रीय प्रशासन कार्यालय मकवानपुर र गृह मन्त्रालयमा उजुरी परिसकेको र आइतबारदेखि आवश्यक छानबिन प्रक्रियालाई अगाडि बढीसकेको स्रोतले जानकारी दिएको छ ।

यसअघि के भएको थियो ?
चितवन प्रहरीले पाँच महिना अगाडि भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागजपत्र विनाका गैरकानूनी ढंगले लुकाई राखेको अवस्थामा तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको थियो । त्यसक्रममा , प्रहरीले फणिन्द्र भण्डारीको उक्त वर्कशपमा काम गर्ने मुसे भन्ने बच्चन कार्की, देवनारायण श्रेष्ठ, गंगाबहादुर गुरुङ लगायतलाई समेत पक्राउ गरी मुद्दा चलाएको थियो । तर, उनीहरू अहिले धरौटीमा छुटिसकेका छन् । त्यस्तै, रत्ननगर नगरपालिका – ८ बकुल्हरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डिशन पसलबाट दुई थान मोटरसाईकल सहित आश्विन श्रेष्ठ र कपुर विकलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलका संचालक रहेका दीपुको निर्देशनमा काम गरेको प्रहरीसँगको बयानका क्रममा कपुर र आश्विनले नाम पोलेका थिए । त्यसलगत्तै एसपी थापाले आफू गिरोहको मुख्य नाइकेसम्म पुगिसकेको भन्दै पत्रकार सम्मेलन नै गरेर दीपुको गिरोहलाई कारवाही गर्ने दाबी गरेका थिए । पाँच महिना बितिसक्दा पनि गाडी चोरीको गिरोह कारवाहीमा नपर्ने र उल्टै उनका घुमुवा प्रहरीहरू को समेत शंकास्पद व्यबहार देखिए पछि एसपी थापाको नियतमा नै प्रश्न चिन्ह खडा भएको हो ।

माओवादीलाई बाँदर भनेपछि झनै बिवादमा आए
गत , जेठ १४ गते आइतबार राती ११ः५३ बजे भरतपुर महानगरमा भएको मतपत्र च्यातेको प्रकरणमा पक्राउ परेका वाइसीएलका जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादी केन्द्रका प्रतिनिधि द्रोणबाबु सिवाकोटीलाई बाँदर भनेपछि उनको सवत्र आलोचना भएको छ । प्रहरी प्रमुख थापाले एक अनलाइन संस्करणलाइबष्सर्् प्रतिक्रिया दिँदै ‘दुई जना व्यक्ति बाँदर झैं बुरुक्क उफ्रिएर आइ मतपत्र च्यातेको बताए पछि उनको बिरोध सुरु हुन थालेको हो । यस अघि उनले बिप्लव नेतृत्वको नेकपाका कार्यकर्ता सबै फ्याउरे भइसके भनी चितवनको एक पत्रिकामार्फत छुद्र टिप्पणी ब्यक्त गरेका थिए । त्यतिबेला पनि उनको तीब्र आलोचना भएको थियो । त्यस्तै, आफ्नै प्रहरी संगठन माथि हातपात गर्ने नेकपा एमालेका प्रतिनिधि गंगा लामालाई कुनै कार्वाही नै नगरी उन्मुक्ति दिए पछि उनकै प्रहरी संगठनले बद्रीको आडमा एसपी थापाले मनपरि गरिरहेको टिप्पणी ब्यक्त गरेका छन् । आफूलाई मनपरे नथुन्ने र मननपरे थुन्ने उस्को दैनिकी नै बन्ने गरेको छ । थापा आफ्नै प्रहरी संगठनबाट समेत पटकपटक आलोचित हुदै आएका छन् ।