चुनाबको मौका छोप्दै ठेकेदार रोकिएन अबैध उत्खनन् र ओसारपसार

चितवन । चुनावको मौंका छोपी चितवनका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् भईरहेको छ । सबैजनाको ध्यान चुनाबमा केन्द्रित रहेको मौका छोपी ठेकेदारहरुले मिलेमतोमै जिल्लाका नदि तथा खोलाहरुबाट अनियमित रुपमा ग्राभेल उत्खनन् गरेका हुन् । जिल्लाको नारायणी, खगेरी लगाएतका नदी तथा खोलाबाट वाताबरणीय प्रतिवेदन अनुरुप हाते औजार र बेल्चाको प्रयोग गर्नेुपर्नेमा त्यसो नगरी ठेकेदारहरुले एक्जाभेटर लगाएतका ठुला ठुला मेशिनहरुद्वारा व्यापक मात्रमा उत्खनन गरिरहेका छन् । दैनिक धमाधम अनियमित तबरबाट नदिजन्य पदार्थ ढु¬ङ्गा, गिटी, वालुवा र ग्राभेल उत्खनन् भईरहेको छ । दैनिक हजारौ ट्रिपर, ट्रक ट्याक्टरमा व्यापक मात्रमा ढु¬ङ्गा, गिटी, वालुवा र ग्राभेल ओसार पोसार भईरहेको छ ।

जिविस (जिसस) ले गत महिना वैधानिक रुपमै उक्त नदि तथा खोलाहरुमा ठेक्का खुलाएको भएपनि वाताबरणीय प्रतिवेदनले नदि तथा खोलामा एक्जाभेटर लगाएतका हेवी मेशिन लगाउन नहुने देखाएको छ । तर वातावरणीय प्रतिवेदनलाई रद्घिको टोकरीमा मिल्काउदै जिसस चितवनले ठेकेदारलाई अनियमितता गर्न किन छुट दिईरहेको छ, शंकाको विषय बनेको छ । नदि तथा खोलाहरुको वाताबरणीय प्रतिवेदनले हाते औजार र मानिसहरु मात्र प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने प्रस्तावित विधि स्पष्ट खुलाएको भएपनि त्यसो गरिएको छैन् । ठेकेदारको अबैध कार्यमा जिम्बेवार एंव नियामक निकायहरु जि.वि.स. लगायतका सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुकै मिलेमतोमा यस्तो भएको देखिन्छ । भरतपुर महानगरपालिका १६ स्थित ज्ञानेश्वर ब्लक नजिकको नारायणी नदि किनार, साविकको कविलास गा.वि.स. हालको इच्छाकामना, सिमलढाप स्थित खगेरी खोलाको मुहान स्याग्दी खोला, रानीखोला लगायतका स्थानबाट ब्यापक मात्रामा ग्राभेल सँगसँगै वनका काठ, दाउराहरु पनि ब्यापक मात्रामा चोरी तस्करी भइरहेको देखिन्छ । शनिवार भण्डाफोर अभियानले गरेको अनुगमनको क्रममा त्यस्तो दृष्य देखिएको हो ।

जिल्लाको हरिपुर वनक्षेत्र र आसपासको क्षेत्रमा टेण्ट तथा अस्थायी टहरै बनाई ठेकेदारका मानिसहरुले दिन–रात ग्राभेल उत्खन्न र ओसारपसार गरिरहेका हुन् । सरकारी प्रतिनिधि समेत नभएको अवस्थामा ठेकेदारहरुले मनलाग्दी तवरबाट खोलामा एक्जाभेटर चलाएको प्रष्ट देखियो । एक्लै–दुक्लै नयाँ मान्छे देख्नेवित्तिकै ठेकेदारद्वारा पालिएका चुल्ठे–मुद्रेहरुले किन ? के कामको लागि यता आउनुभो ? भन्दै संशयपूर्ण रुपमा उल्टै प्रश्न सोध्ने गरेको देखियो । विशेष गरी खगेरीको स्याङ्गदी आसपासबाट मनलाग्दी उत्खनन गरेको देखियो ।

ठेकेदारहरुद्वारा भइरहेको अनियमित एवम् अवैध उत्खनन रोक्नुको सट्टा जि.वि.स. चितवनले उल्टै ठेकेदारहरुकै पक्षमा वकालत गरे । जि.वि.स. चितवनका लेखा अधिकृत शरदचन्द्र भट्टराईले मेशिन लगाउनुपर्ने अवस्था भएकैले लगाएको जिकिर गरे । अनि किन वातावारणीय प्रतिवेदन त अर्को छ नी भनी हामीले सोधेको प्रश्नमा हाम्रो मौखिक सहमति अनुसार एक्जाभेटर लगाउन दिएका हौँ, उनले भने । तर, भण्डाफोरलाई प्राप्त गोप्य सूचना अनुसार जि.वि.स. लगायतका नियकाहरुको ठेकेदारहरुसँगको मिलेमतो र सेटिङकै आधारमा वातावरणीय प्रतिवेदन विपरित खोलामै एक्जाभेटर लगाउन दिइएको हो ।

श्रोत थप्छ, चुनावको बेला सबैलाई पैसाको खाँचो हुन्छ, केही ठूला दल, जि.वि.स. लगायतका अन्य नियमनकारी निकायका व्यक्तिहरुलाई समेत प्रभावमा पारी ठेकेदारहरुले अनियमितता र मनलाग्दी गरेका हुन् । एक स्थानीयले भने नत्र प्रतिवेदन एउटा काम अर्को कसरी हुन सक्छ ? यसरी अनियमित तवरबाट दैनिक हजारौँ घनमिटर ग्राभेल उत्खनन भइरहँदा पनि जिल्लामा सबै तै चुप मै चुपको अवस्थामा छन् । विकास निर्माणको कच्चा पदार्थ उत्खनन गर्ने नाममा यसरी अनियमित कार्य भइरहँदा जिल्लाका राजनीतिक दल, प्रशासन लगायतका सरोकारवालाहरु मौन रहनुले थप आशंका बढाएको छ । ठेकेदारहरुले राज्यका जिम्मेवार निकायहरुसँगको सेटिङमा प्राकृतिक श्रोतमाथि दोहन गर्दा पनि तमासे बस्नुले दलहरु गैह्रजिम्मेवार देखिएका छन् । यस्ता दल र तिनका नेताबाट जनताले के नै आशा गर्नु छ र ?