दुई नम्बरी धन्दा गर्ने यी भारतीयलाई खै किन कारवाही भएन ?

काठमाडौँ । पछिल्लो वर्षमा गैरकानुनी तवरबाट नेपाली नागरिकता लिने भारतीयहरुको संख्या बढ्दै गरेको देखिन्छ । नेपालको राजनितिक अस्थीरता, राष्ट्रियतालाई समेत दलिय स्वार्थको निम्ति बन्धक राख्न पछि नपर्ने राजनितिक दलका नेताहरुको प्रवृति एवं क्रियाकलाप र भ्रष्ट प्रशासनयन्त्रको कारण विहार, उत्तर प्रदेश लगायतका सिमावर्ती भारतीय राज्यहरुबाट लाखौँ लाख भारतीयहरुले गैरकानुनी रुपमा नेपाली नागरिकता लिएका छन् ।

सिमा क्षेत्रमा रहि भन्सार छलीका काममा सक्रिय देखि अपराधिक कार्यमा संलग्न ठूलो संख्याका भारतीयहरुले गैरकानुनी रुपमा नेपाली नागरिकता हासिल गरेको जानकारी पाएर पनि उनिहरुको कार्बाही भने हुन सकेको छैन । फटफुट केही कार्वाही भएपनि यस विषयमा विस्तृत एवं गहन अध्ययन अनुसन्धान गरि त्यस्ता नागरिकताहरु खारेज गर्ने र गलत कार्य गर्नेहरुलाई कार्बाह ीगर्ने अभियान शुरु गर्न नसक्दा दिनप्रतिदिन गैरकानुनी तबरबाट नेपाली नागरिकता हासिल गरेका भारतीयहरुको संख्या बढिरहेको छ ।

यसरी नागरिकता हासिल गरेका प्राय ः भारतीयहरुको दोहोरो नागरिकहुने गर्दछ । भारतमा त पुरानै भारतीय पहिचान पत्र हुने यस्ता मानिसहरु अक्सर गैरकानुनी कार्य, भन्सार छली, तस्करी, लागुऔषध कारोबार, हुण्डीको कारोबार र अन्य अबैध कार्य तथा अपराधिक क्रियाकलापमा समेत संलग्न हुने गरेको तथ्य प्रहरी रिपोर्टहरुमै उल्लेख छ । यस्तै पात्र मध्येका एक कमलेश कुमार गुप्ता हुन् ।
विहार राज्यको पश्चिम चम्पारण, सुगौली  ग्रामपञ्चायत ११ स्थायी ठेगाना रहेर एम.जि.पि.१७४६० नम्बरको मतदाता परिचयपत्र भएका गुप्ताको बाबु पशुपतिनाथ कलवार लगायत स–परिवार नै भारतीय भएको स्पष्ट प्रमाण भेटिएको छ । भारतको विहार राज्यको सुगौलीमा रहेको राजकिय माध्यमिक विद्यालय सुगौली कन्यामा गुप्ताको स–परिवारले गत चुनावमा भोट समेत हालेको पाइन्छ । तिनै भारतीय कमलेश कुमार गुप्ताले नेपालको सर्लाही जिल्ला, औरही गा.वि.स. वार्ड नं. २ बाट नेपाली नागरिकता लिएको पाईएको छ । २०६१÷१÷३० मा जारी उनको नागरिकता नक्कली हो वा सक्कली उनले कसरी कस कस्को सहायताले नागरिकता खरिद गर्न सके यसबारे आवश्यक अनुसन्धान र उचित छानविन हुनपर्ने देखिन्छ । यस विषयमा राज्यका नियामक निकायहरुले खोजविन गरि आवश्यक कार्बाही गर्न सक्नुपर्दछ ।

यी भारतीय नागरिक गुप्ताले विगत लामो समयदेखी नेपालका विरजंज भैरहवा, कृष्णनगर, गौर, बेलहिया, रानी र जलेश्वर लगायतका भन्सार कार्यालय तथा अन्य छोटी भन्सारबाट रि–सेल प्रिन्टर, स्पेयर पार्टस, प्रिन्टर फोटोकपी मेशिन ति भन्सार कार्यालयहरुबाट न्यून मुल्याड्डन गर्न लगाई साथै भन्सारै नगराईकन त्यसलाई नेपालभर विक्रि वितरण गर्दै आएका छन् ।

गुप्ताको विरगञ्ज र नारायणगढमा होलसेल पसल एवं गुप्त गोदाम रहेको समेत खुल्नमा आएको छ । भन्सार छली गरी करोडौ आर्जन गरेका गुप्ताले नेपाल सरकारलाई बुझाउनुपर्ने राजस्व र आय करमा समेत ठूलो मात्रामा छलि गरेको पाइएको छ । गत वर्ष नारायगढ स्थित गुप्ताको पसलमा राजस्वले छापामारे पनि भारतीय दूतावास र केही भारतभक्त नेता तथा सांसदको पावर लगाएर गुप्ता उम्किन सफल रहेको आन्तरिक राजस्व कार्यालय भरतपुर निकट एक श्रोतले भण्डाफोर अभियानलाई जानकारी दिएको छ ।

गुप्ताले अबैध तबरबाट नागरिकता लिएका छन् । गुप्ता जस्ता तिनीहरु एकातिर राज्यको सुरक्षा चुनौती बन्ने खतरा रहेका छ भने अर्कोतिर राज्यको ठूलो राजस्व तथा कर छलि गरी राष्ट्रलाई नै खोक्रो पार्ने अभियानमा लागि परिरहेका छन् । यस्ता ब्यक्तिहरुलाई तत्काल पक्राउ गरि आवश्यक अनुसन्धान र कार्बाही गर्नुपर्ने देखिन्छ । तर गुप्ताले भन्सारका कर्मचारी देखि विभिन्न स्थानका प्रहरी अधिकृत सम्मलाई विविध उपहार र मोटो रकम दिई आफ्नो गैरकानुनी हर्कतहरु लुकाउन सफल रहेका छन् ।

यस्ता ब्यक्तिहरुलाई सहयोग गर्ने अधिकृतहरुको समेत सम्पति छानविन गरि दोषि पाइएमा तिनीहरुलाई समेत कार्बाही गर्नुपर्दछ । यस विषयमा अख्तियार अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, नेपाल प्रहरीको केन्द्रिय सुरक्षा ब्युरो, सम्बन्धित जिल्लाका प्रशासन एवं मन्त्रिको कार्यालय लगायतका नियामक निकायहरु सचेत एवं जवाफदेही बन्न सक्नु पर्दछ । राष्ट्रियताको दुहाई दिन नथाक्ने दल र तिनका नेताहरुले समेत यस्ता राष्ट्रघाती एवं गैरकानुनी कार्य प्रति आँखा चिम्ली मिल्दैन । तसर्थ गुप्ताको नागरिकताको तत्काल छानविन शुरु गर्नुपर्दछ । यस विषयमा सम्बन्धित निकायहरुले तदारुक्ता देखाउन हामी गुप्ता र गुप्ता जस्तै मानिसहरुको फेहरिस्थत सार्वजनिक गर्दै जानेनै छौ । अत ः दुई नम्बरी धन्दा गर्ने यी भारतीय नउम्कीउन, यिनलाई तत्काल

हिरासतमा लिई अनुसन्धान शुरु गरियोस् । आम देशभक्त नागरिकहरुको आवाज यहि छ । हामी निरन्तर खबरदारी गरिरहने नै छौ ।