उधारिदैछ भारतीय शासकहरुको मुखुण्डो

भारतले नेपालमा दिइएको भनिएको सहयोग अनुदान र भारत उपहारहरुको समेत नेपालबाट नजानिदो पारामा रकम लिदो रहेछ भन्ने कुराको प्रमाण भारतद्धारा गत वर्ष शुसिल कोइराला सरकारलाई प्राप्त एउटा सैनिक हेलिकप्टरको भारत सरकारले रकम तिर्न नेपाल सरकारलाई ताकेता गरेको हालसालैको ताजा घटना काफी छ । हामी कतिपय मानिसहरु भारतले हामीलाई सहयोग गरिरहेको छ, त्यसको बिरोध गर्नु हुदैन भन्ने पक्षमा पनि छौ ।कतिपयलाई भारत नभएमा नेपाली बाच्नै सक्दैनन् भन्ने ठूलो भ्रम पनि छ । यस्तै धारणा कयौँ भारतीय शासकवृतका मानिसहरु र बुद्धिजीवीहरुमा रहिआएको देखिन्छ ।

यो दबु, दलाल एवं हेपाहा प्रवृति र मानसिकता मात्र हो । अवस्था त्यस्तो कदापी होइन । बरु हामी नेपालीको मनोविज्ञान बुझिसकेका हाम्रो दरिद्र मानसिकता चिनेका ध्रुत, शातिर एवं चलाख भारतीय शासक वर्गले नेपालमा सहयोगको नाममा हस्तक्षेप र हामी माथि निरन्तर शोषण गर्दै आईरहेको छ । भारतले नेपालमा गर्ने सहयोग के–कस्तो हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण त हामिले हिजोकै नागरिक दैनिक पत्रिकामा प्रकाशित समाचारबाट समेत पाईसकेका छौँ। भारतीय शासक वर्गले जहिल्यै पनि नेपाल र नेपालीलाई सहयोगको नाममा शोषण गर्दै, लुट्दै आईरहेको छ । हाम्रा नेताहरुलाई सहयोगको गुलियो आश्वासन बाड्दै, केही कनिका फेक्दै र नेताहरुलाई लोभलालचमा पार्दै सयौँ बर्षबाट भारतीय शासक वर्गले नेपालीमाथि चरम शोषण र हस्तक्षेप गर्दै आईरहेको जगजाहेर नै छ ।

जव राणाहरुको शासन डगमगायो त्यतिखेर भारतीय शासक वर्गले राणा सन्धी गर्न सफल भए । त्यस्तै वि.स.००७ साल पछि तत्कालिन प्रधानमन्त्रि मात्रिका प्रसाद कोइराला संग सत्ता दिलाईदिएको र टिकाई दिने प्रलोभनमा नेपालको दिर्घकालिन हित विपरित १०५ वर्षको लागि गण्डक सम्झौत ागर्न बाध्य पा¥यो । वि.स. ०१३ सालमा बि.पी. मार्फत कोसी सम्झौत ागर्न सफल भारतीय शासक बर्ग राजा महेन्द्रको शासनकालमा कालापानी माथि कब्जा गर्न सफल भएको देखिन्छ । राजा महेन्द्र मित्र राष्ट्र चिन र सोभियत संघ सँग नजिकिएको भारतीय शासक बर्गलाई पटक्कै मन परेको थिएन ।

त्यसैले पञ्चायति ब्यवस्था परिवर्तनको बहुदलवाहीहरुको आन्दोलनमा कुनै न कुनै रुपमा भारतले सहयोग गरेको कुरा स्वंय इतिहास  सिद्ध छ । पञ्चायत गिराउने बहुदलवादी दलहरुलाई सहयोग गर्ने नाममा भारतले नेपालको राष्ट्रिय स्वाधिनता माथि बलात धावा बोलेको देखिन्छ । नाकाबन्दी लगाई अन्ततः पञ्चायति ब्यवस्थापनको पतन गराउन बहुदलवादीहरुलाई भारतले अत्यन्तै शातिर पुर्बक सहयोग गरेको देखिन्छ । बहुदलिय प्रजातन्त्रको पुर्नस्थापना पश्चात बनेका प्रायः सरकारलाई आफ्नो खेलौना बनाउन सफल भारतीय शासक बर्गले ०४६ सालपछि नेपालको केन्द्रिय राजनिती, सरकार, प्रशासन, यन्त्र, स्थानिय निकाय, राज्यका अन्य विभिन्न निकाय र स्थानिय स्तरमा समेत विभिन्न बाहानामा हस्तक्षेप गरिरहेको कुरा अव छिपाईराख्नु पदैन । त्यो उदाङ्गीसकेको छ ।

बहुदल कालमा मात्र होइन ज्ञानेन्द्रको शासनकाल र वर्तमान गणतन्त्रकालमा समेत नेपालमा भारतीय हस्त्क्षेप एवं शोषण चौतर्फी रुपमा बढेर गएको छ । राजनितिक, आर्थिक, सामाजिक, साँस्कृतिक, प्राविधिक र विविध ढड्डले नेपालको शोषण गर्दै आईरहेको भारतीय शासक वर्गले नेपालमा ठूलो सहयोग गरेको ढोङ पिट्ने गरेपनि यर्थाथमा त्यस्तो हुने नगरेको स्वंय राज्यका उपल्लो निकायमा कार्यरत इमान्दर कर्मचारीहरुले नै बताउने गर्छन् । उनिहरुका अनुसार भुकम्पमा समेत हेलिकप्टर लिएर तिब्बतको बोडरमा अनुसन्धान गर्ने, फोटो खिच्ने, भुकम्प पिडितलाई सहयोग गरेको मिडियाबाजीमा मात्र भारतीय हेलिकप्टर र उद्धारकर्ताहरु केन्द्रित रहेको विषय त्यतिखेरै चर्चामा आएको थियो ।

थोरै सहयोग गरेपनि धेरै ठूलो मिडियाबाजी गरिएको भएपनि भारत नेपाललाई सहयोग गर्ने सहयोगीको तथ्यहरुले बोलिरहेको छ । गरेका सहयोगको पनि पैसा मागेर लैजाने देखि आफ्ना देशका ठेकेदार तथा ब्यापारीहरुलाई टेण्डर दिनुपर्ने, सहुलियत दिनुपर्ने लगाएतका दबाब दिई भारतीय शासक बर्गले आफ्नो अनुदार अनुहार दिन–प्रतिदिन सार्बजनिक गर्दै गईरहेको छ । नेपालका नदिनाला, खानी, हिमाल र यहाँँको प्राकृतिक सम्पदामा गहिरो आखाँ गाडेको भारतीय शासक बर्गले नेपालमा शैक्षिक लगाएतका जासुसहरु पैदा गर्ने उद्धेश्य रहेको स्वंय भारतीय सेनाको गुप्तचर विभागका अनुसार भारतीय सैनिकका परिवार र सिमा क्षेत्रका नागरिकहरुको विचमा आफ्ना तलबी गुप्तचरहरु पैदा गर्ने, भर्ति गर्ने उद्धेश्यकै साथ विभिन्न सार्वजनिक, सामाजिक र तालिम लगाएतका कार्यक्रमहरु भारतले नेपालमा नियमित रुपमा गर्दै आईरहेको छ ।

सप्तरीको मुसहर बस्तीमा सहयोेग गर्नुको सट्टा मनाङ–मुस्ताङका तिब्वती सिमामा कार्यक्रम आयोजना गर्नु भारतीय दूतावास त्यहि मक्सदमा लागेको ति पूर्व भारतीय सैनिकले दाबि गरेका छन् ।यसरी हरेका क्षेत्रमा सहयोगको नाममा आफ्नो कुप्सीत स्वार्थ र घटिया उद्धेश्य पुरा गर्ने हेतुले मात्र भारतीय शासक वर्ग नेपालमा सहयोग गरेको देखावटी ढोड्ड रचिरहेको साथै नेपालका गाँउ–गाँउमा कनिका छर्दै हिडिरहेको प्रष्ट हुन आउँछ । गत वर्ष नेपालमा संविधान जारी भयो । नेपालको संविधान के–कस्तो भनि टिप्पणी गर्ने अधिकार भारतीय शासक वर्गलाई कदाचित हुदैनन् । तर हामी लाई सानो देश ठानी हेपाहा प्रवृति देखाउदै भारतले केही कथित मधेशवादी दलका रुपमा रहेका भारतीय एजेण्टहरुको आन्दोलन र नाकाकेन्द्रित धर्नाको हवला दिदै ६÷७ महिना हामीमाथि नाकाबन्दी जस्तो घोर अमानविय यातना थोप¥यो । हामी सह्यौ, उनीहरु थाके अन्ततः नाकाबन्दी खोल्न बाध्य भयो ।

आफ्नो इच्छा–आकांक्षा अनुरुप नचलेको देखेपछि भारतले अहिले कसरी हुन्छ ओली सरकारलाई ढाल्ने दुस्प्रयास गरिरहेको छ । भलै ओलीको विगत त्यति राम्रो छैन उनी पनि विगतमा एकजना भारतीय दलाल नै हुन् । महाकाली सन्धी र पञ्चेश्वर बाँधको सर्मथनमा भारतको गुणगान गाउने मध्येमा ओली पहिलो नम्बरमै थिए । यद्यपी अहिले समय बदलिसकेको छ । ओली पनि बुद्धि फिरिसकेको हुन सक्छ । घटना, पात्र र सम्भावना परिवर्तनशिल हुन्छन् । त्यसैले ओली सरकारलाई राष्ट्रिय सरकारकै रुपमा अघि बढाउदै भारतीय षडयन्त्रलाई पर्दाफास गर्न सकेमा नै भारतीय सहयोग भित्रको चालबाजीलाई खुट्याउन सकिन्छ । अहिले देउवा र प्रचण्डलाई उचालि भारत ओली सरकार गिराउने षडयन्त्रमा लागिसकेको छ । त्यस्मा काठमाडौँ बाट फिल्डको नेतृत्व भारतीय राजदुत रञ्जीत ले गरिरहेका छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन भारतीय सहयोग पाएकोमा मख्ख प्रचण्ड र सत्तामा हिस्सा लिने सौभाग्य जुटाउन कसरतरत भारतको महिमा गान गाउन मस्त देउवाहरुले राष्ट्रिय एकता र स्थीरता कायम गर्नुको सट्टा बैरीको आडमा अस्थिरता मच्चाउन उद्धत रहेमा त्यस्ले मुलुक र जनतालाई त घाटा नै छ, कालान्तरमा त्यस्ले उनिहरुलाई पनि फाईदा पुग्दैन ।

तसर्थ भारतीय सहयोग भित्र खतरनाक स्वार्थ छ भन्ने यर्थाथतालाई आत्मसात गर्दै सरकार बदल्ने तुच्छ खेलमा लाग्नुको सट्टा संविधानमा रहेका कतिपय कमीकमजोरीलाई संसोधन मार्फत सच्चाउदै, धर्म संघियता र प्रदेशहरुको सवाल एवं शासन प्रणालीको विषयमा जनमत संग्रह गर्दै एकताबद्ध भई मुलुकमा स्थिरता कायम गर्न राजनितिक पार्टीहरुले सुझबुझ पूर्ण निर्णय लिनुपर्दछ । अतः भारतीय चालबाजीमा नफसी आपसी समझदारी कायम गर्दै कांग्रेस समेत सरकारमा सामेल हुदै स्थानिय प्रदेश र केन्द्रको चुनाव गरी मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन दलहरु मेरो गोरुको बाह्रै टक्का नभनि आपसमा विश्वासको समझदारी कायम गर्न आ–आफ्नो ठाउँबाट लागिपरौँ । भारतीय सहयोगको आशा त्याग्दै जाऔँ । लालचमा नफसे मात्र देश बनाउने राजनेता हुन सक्छन् दलहरु । अन्यथा राष्ट्रघाती जनघाती फटाहा नेताहरु मरेपनि र ज्युदोँ हुदाँ पनि केही अर्थ छैन । बेलैमा विचार पु¥याउ । उघारीदैछ भारतीय मुखुण्डो, हेर्ने देख्ने र आत्मसात गर्ने साहस गरौँ । २०७२ असार ग्रेटमिशनबाट