प्रचण्ड र म्यादी सरकार

म्यादी भन्नाले कुनैपनी बस्तुको सिमा तोक्नु वा निधार्रण गर्नु हो। नेपाल २०४६ सालपछी कुनै पनि सरकारले पुरा समय सरकार चलाएको रेर्कड छैन । किनकी जब सम्म यो सिष्टम अथार्त संसदिय व्यवस्था  खारेज हुदैन तबसम्म यही अवस्था रहिरहन्छ । संसदिय व्यवस्था को विरुद्धमा २०५२ साल फागुन १ गते देखी ने.क.पा. माओवादीले सशस्त्र युद्धको घोषणा ग¥यो । २०६३ सालमा सात दल तत्कालिन विद्रोही नेक.क.पा. माओवादी र भारतको सहमतिमा १२ बुदे सम्झौता भयो । त्यसपछि २०६४ चैत २८ मा संविधान सभाको चुनाव भयो । ने.क.पा. माओवादीले ६०१ सिटमध्ये २३८ सिट ल्यायो । तर विडम्बना २ वर्षको म्याद भएको संविधानसभाको ४ वर्षसम्म म्याद बनाईयो । तैपनि संविधान बनेन र अन्तत संविधान सभा नै भंग भयो । फेरी २०७० मा दोस्रो संविधान सभाको चुनाव भयो  त्यसमा ने.क.पा. माओवादी तेस्रो दलमा सिमित भयो । त्यसमा ने.क.पा. माओवादी एकिकृत माओवादी बन्यो । एकिकृत माओवादी विभाजित भएर टुक्रा–टुक्रा भयो । पाँच वटा टुक्रा मध्येको एउटा ठूलो टुक्राको नेतृत्व प्रचण्डनै भए । २०७२ साल असोज ३ गते संविधान घोषणा भयो । त्यसमा माओवादीले भनेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतीको वकालत गर्ने माओवादी पार्टीका कमाण्डर अर्थात् अध्यक्ष क. प्रचण्डनै त्यस मुद्धा बाट १८० को उल्टो राउण्ड मार्न लागे किनकी प्रत्यक्ष कार्यकारी राष्ट्रपती जनताबाट निर्वाचित हुने अवस्था आयो भने प्रचण्ड कुनैपनि अवस्थामा प्रमुख हुन सक्दैनन् । किनकि उनी जनताका लोकप्रिय नेता होइन्न । त्यसैले उनी यो मुद्धा छोड्दा फाईदा हुने देखेर अघि बढ्न सफल भए । जबसम्म नेपालमा यो व्यवस्थाको अन्त्य हुदैन । तबसम्म संसदहरु नै किन बेच हुन्छन् । त्यही कारणले प्रत्येक सरकारको आयु तोकिन्छ या कति बेला ढल्छ कुनै ग्यारेन्टी हुदैन । यो सरकार म्यादी हुनुको कारण जेठमा यसको आयु सकिन्छ अनि शेर बहादुर देउवको नेतृत्वमा यस्तै अर्को म्यादी सरकार बन्छ । जस्को छनक स्वंय देउवाले दिएका छन् । यो क्रम जारीनै रहन्छ । विशेष चर्चा गरौ क् प्रचण्डको, प्रचण्ड २०५२ सालको जनयुद्धको शुरुवात देखि २०६३ सम्मको अवस्था र त्यसपछि माओवादी केन्द्रको अध्यक्ष हुन क. प्रचण्ड । प्रचण्ड बाहिर जति राष्ट्रवादी देखिन्छन् भित्र त्यति नै राष्ट्रघाती पनि छन् भन्ने कुरा घटनाक्रमले पुष्टी गर्दै गईरहेको छ । उनी अहिलेको म्यादी सरकारको नेतृत्व गर्न किन आतुर भए कुनैपनि स्वतन्त्र राष्ट्रले आफ्नो देशको संविधान संशोधन गर्ने विषय संसदमा उठाउने विषय हो तर उनले विशेष दुत भारत पठाएर संविधान संशोधनको कुरा गरे भन्ने कुरा बाहिर आईरहेको छ । यदि त्यो सत्य हो भने त्यो भन्दा राष्ट्रघाती कदम अर्को कुनै हुनै सक्दैन । प्रचण्ड भारतको विरुद्ध बाहिर जती चर्को कुरा गरेपनि जान सक्दैनन्। किनकी जनयुद्धको समयमा भारतको आर्शिवादमा दिल्लीमा बसेका थिए भन्ने कुरा भारतका एकजना राजनितीक विश्लेषक एसडी मुनीले किताब नै प्रकाशित गरर सार्बजनिक गरिसके । त्यसको विरुद्धमा प्रचण्डले एक शब्दपनि खर्च गरेनन् । किनकी त्यो सत्य अथवा यर्थाथ थियो। यदि प्रचण्ड देशभक्ति थिए भने टाउकोको मुल्य तोक्ने व्यक्तिको निगाहमा प्रधानमन्त्रि बन्ने नै थिएनन् । प्रचण्डले २०६५ मा सबभन्दा ठूलो पार्टी हुँदा त् केही  गर्न सकेनन् भने अहिले त तेस्रो पार्टी त्यसमाथि पनि कमजोर अवस्था उनले यो बेला केही गर्न सक्छन् भन्ने कुनै विश्वासिलो आधार छैन । सरकार बनेको छ महिना भईसक्दा कामै नगरी बजेट खेर जान दिईरहेको कारण पनि प्रचण्डले केह ीगर्न सक्दैन भन्ने प्रष्ट देखिन्ँछ । उनी कमजोर हुनुको कारण बोलीको ठेगान नहुनु अर्थात् सर्वाधिक अस्थिर व्यक्ति कोही छ भने त्यो क. प्रचण्ड नै हो । उनले अहिले सम्म हासिल गरेको उपलब्धी भनेको जनताले भन्ने गरेको आर्थिक भष्ट्राचार वा सबभन्दा धनी नेताको उपाधी हो । यो म्यादी सरकारकोे आयु भारतिय रिमोट कन्ट्रोलबाट चल्ने कुरा सर्वविदितै छ । त्यसपछि रिमोटले चल्ने अर्को पात्र शेरबहादुर देउवा हो । कुनै महत्वपूर्ण संझौता भएमा वा कुनै राष्ट्रघाती कदम प्रचण्डले चालेमा कुनै अनौठो मान्नु पदैन किनकी त्यसको लागिनै योग्यपात्र भारतीय रोजाईमा परेका नं. १ व्यक्ति प्रचण्ड नै हुन् । प्रचण्ड र आलु एकै हुन आलु जेमा पनि मिल्ने । प्रचण्ड पनि कांग्रेसको पछि कि एमालेको पछि ठ्याक्कै मिल्ने कारणले यि दुईमा कुनै भिन्नता छैन । भारतले ओलीलाई विदा गर्नुमा मुख्य भुमिका प्रचण्डको नै थियो । किनकी ओलीले भारतको कुरा नमाने पछि त्यसलाई फाल्न तुरुपको मूख्य भुमिकामा प्रचण्ड र सहायक भूमिकामा देउवा देखा परे । फलस्वरुप ९ महिने म्यादी सरकारको निर्माण भयो । यो म्यादी सरकार नेपालीको लागि कुनै पनि सवालमा हितकार छैन । किनकी यो हाम्रो भन्दा विदेशीको कारणले बनेको सरकार हो । प्रचण्ड भन्दा राष्ट्रघाती पात्र इतिहासमा अर्को हुनै सक्दैन । त्यसैले म्यादी सरकार ९ महिना पनि टिक्छ टिक्दैन, हेर्दै जाँऊ । भिमसेन थापा बन्नेकी लेप्डुप दोर्जे बन्ने त्यो प्रचण्डले सोच्ने विषय हो । बेलैमा चेतना भया ।