नियम विपरित किरानाबाट खुल्ला विषादी विक्री हुन्छन्

नियामकनिकायहरु खै किन हुन्छन् बेखबर ?

चितवन । चितवन जिल्लामा र आस–पासका क्षेत्रमा रहेका प्रायः किराना पसलहरुले नियम विपरित खुलम खुल्ला रुपमा मानव स्वास्थ्यको लागि अन्त्यत हानिकारक विषादीहरु विक्री–वितरण गरिरहेका छन् ।

ग्रामीण क्षेत्रका साना खुद्रा पसलेहरुले मात्र होइन नारायणगढ, भरतपुर, टाँडी, पर्सा, गैडाकोट, कावासोती लगाएत चितवन जिल्लामा रहेका अधिकांश किराना पसलेहरु खाद्य समाग्री खँगै उक्त खतरनाक विषदीहरु विक्री वितरण गरिरहेका छन्। बजार क्षेत्रकै कयौ होलसेल किराना पसलहरुमै छ्याप्छ्याप्ती पाउन सकिने मुसा मार्ने विष (जिड्ढ फोस्फाईड, लक्ष्मण रेखा, साईपस मेत्रिन, लामखुट्टे तथा साड्ड्ला मार्न प्रयोग गरिने बेगन स्प्रे, कालाहिट, सेल्फस, आल्मुनियम फस्फेट लगाएतकामानव स्वास्थ्यका लागि अत्याधिक खतरा युक्त दर्जनौ त्यस्ता विषादीहरु खुलम खुल्ला खाद्य बस्तुसँगै विक्री भईरहेको भएपनि जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, जिल्ला कृषि कार्यालय लगाएतका नियात्मक निकायहरु बेखववर रहेका छन् ।

ति निकायहरुलाई अन्य खाद्य बस्तु सँगै विषादीहरु एकै स्थानमा भण्डारण गर्ने र विक्री वितरण गर्न नपाइने नियम नै थाहा नपाएर हो या थाहा पाए पनि जनसाधारणकोे हितमा काम गर्ने इच्छा शक्ति नभएर हो उनिहरु मौन बसिरहेका छन् । जिल्लामा गत आ.ब.मा मात्र जिल्ला कृषि कार्यालयले र जिल्ला प्रशासन कार्यालयले  ५०० वटा भन्दा बढी अनुगमन गरेको थियो । त्यस्को साथै वाणिज्य विभाग र नेपाल सरकारका अन्य निकायहरुले पनि बेला–बेलामा अनुगमन गरेकै हुन् । तर पनि मानव स्वास्थ्यमा गम्भिर असर पार्ने यस्तो विषयमा अनुगमन गरी किन कोही कसैले सचेत सम्म गराउने कार्य भएन । जिल्लामा यति धेरै अनुगमन भएपनि उपभोग्य बस्तुहरुको साथमा विषादी रहेको अवस्थामा किन नियामक निकायहरुको नजर पुग्न सकेन ?

नियामक निकायहरुको कार्य क्षमता र विषय विज्ञता माथी नै गम्भिर प्रश्न उब्जिएको छ । यस्तो संवेदनशिल विषयमा किराना व्यवसायीलाई सचेत गराउने, व्यवसायी संघ मार्फत कार्यान्वयनमा सहजीकरण गर्ने र आगामी अनुगमनमा खाद्यबस्तु संगै विक्री वितरणमा विषादी भेटिएमा कार्वाही सम्मगर्न प्रशासन लगाएतका नियामक निकायहरु अग्रसर हुनैपर्ने देखिन्छ । विषादी बेच्न नेपाल सरकार कृषि मन्त्रालय अन्र्तगतको विषादी समिति द्धारा सञ्चालित तालिम लिईएका तालिम प्राप्त ब्यक्तिले मात्र लाईसेन्स लिई विषादी बेच्न पाउने नियम रहेपनि जिल्लाका अधिकांश किराना पसलहरुले अन्धधुन्ध विषादी विक्री वितरण गरिरहेका छन् ।

“विषादी खुद्रा विक्रेता इजाजत–पत्र लिएका फर्म तथा ब्यक्तिले मात्र विषादी तथा विषजन्य पदार्थ बेच्न पाउने राज्यले नियम भएपनि जिल्ला कृषि कार्यालयकै कमजोरीको कारण नारायणगढ, भरतपुर, गैडाकोट, पूर्वी चितवन र पश्चिम चितवनका बजार क्षेत्रका किराना पसलहरुले उक्त गैरकानुनी कार्य गरिरहेका हुन् । यसैविच यस विषयमा जिल्ला प्रशासन कार्यालय अन्र्तगतको बजार संरक्षण एवं निरीक्षण शाखाका प्रमुख ओम नारायण शर्मा संग कुरा गर्दा उनले अनुगमनलाई बढाउदै जाने येजना रहेकाले त्यस्ता कार्यहरु उपर छानविन गरी आवश्यक कारवाही गरिने बताए ।