अबैध वायोसिड ७८६ धानकोे विऊ फेरी बजारमा आँउदैँ

सम्बन्धित निकायकै मिलेमतोको आशंका

चितवन । सरकारी निकायमा रहेका केही भष्ट्र कर्मचारीहरुसँगको मिलेमतोमा विगत दशवर्ष यता नेपालमा निरन्तर आयात गरी विक्रि हुँदै आएको अबैध बर्णशंकर (हाईब्रिड) विऊ वायोसिड ७८६ फेरी बजारमा ल्याउने तयारी भईरहेको छ । भण्डाफोर अभियानलाई प्राप्त एक बुकिङपत्र, जो विउविजन विक्रि गर्ने अधिकृत एवं खुद्रा विक्रेताहरुलाई वितरण गरिएको छ ।

त्यस पत्रमा उल्लेख भएअनुसार सो अबैध विउ पुनः बजारमा आउन लागेको हो । जुन अबैध विउ वायोसिड ७८६  गत जेठ ११ गते चितवनको नारायणगढ न्युरोड स्थित निम्बस इन्टरनेशनलको गोदाममा छापामारी प्रशासनले शिलबन्दि गरेको थियो । प्रशासनले शिलबन्दि गरेको उक्त अबैध धानको विउ वायोसिड ७८६ नक्कली प्रमाणित भएसगैं अन्ततः गत् कार्तिकको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले नष्ट गरेको थियो ।

नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा वर्षांैबाट देशैभरी विक्रिवितरण हुदै आईरहेको उक्त अनुवांशिक वर्णशंकर धानको विऊ अवैध प्रमाणित भए सँगै प्रशासनले नष्ट गर्न आदेश दिईएको हो । शक्ति प्लेट नामको कुखुराको दाना उत्पादक कम्पनिको रुपमा सर्बत्र परिचित “निम्बस ईन्टरनेशनल कम्पनि प्रा.लि.” ले नै उक्त अबैध विउको आयात गर्ने गरेको छ ।

“निम्बस ईन्टरनेशनल कम्पनि प्रा.लि.”को चितवन नारायणगढ न्युरोड स्थित गोदाममा रहेको १५१ बोरा भित्र रहेका ४ हजार पाँच सय तिस पोका वायोसिड ७८६ धानको विऊ गत् कार्तिकको अन्तिम हप्ता प्रशासनले नष्ट गरिदिएको चितवन जिल्ला प्रशासन कार्यलयका अनुगमन तथा बजार संरक्षण अधिकृत ओमनारायण ढुड्डानाले बताए ।

अबैध विऊ वायोसिड ७८६ नष्ट गरेपनि सो विऊ नेपाल भित्र्याउने “निम्बस ईन्टरनेशनल कम्पनि प्रा.लि.” र श्रीराम वायोसिड जेनेटिक्स प्रा.लि कम्पनिलाई कृषि मन्त्रालय, विऊ विजन महाशाखा हरिहर भवन लगाएतका राज्यका नियामक निकायहरुले कार्वाही गर्न नसक्नुलाई भने त्यतिबेलै निकै अर्थपूर्ण रुपमा हेरिएको थियो  । भारतको हैदरावादमा मुख्य कार्यालय  रहेको वायोसिड जेनेटिक्स प्रा.लि ले उत्पादन गरि पठाएको विउ अबैध प्रमाणित भई नष्ट गरि सकिएको अवस्था भएपनि उक्त विऊ उत्पादन गर्ने कम्पनिलाई नेपालमा प्रतिबन्ध लगाउनु पर्ने हो ।

तर अहिलेपनि  सोही कम्पनिले उत्पादन गर्ने राजकुमार, वायो ९६८१९२२० र टि.एक्स. ३६९ बजारमा छ्याप छ्याप्ती पाइन्छ । बायोसिड कम्पनिको उक्त मकै बजारमा आईसकेको धेरै भईसकेपनि सरकारी  निकाय बेखवर जस्तो गरि गैर जिम्मेवारी पुर्वक मुकदर्शक बसिरहेको छ । अबैध विऊ विक्रि गरेको प्रमाणित भईसकेको र उक्त अबैध धानको विऊ वायोसिड ७८६ नष्ट समेत गरि सकेको अवस्थामा फेरी त्यही अबैध विऊ वायोसिड ७८६ लाई रेश्मा ७८६ बनाई बजारमा ल्याउने तयारी भईरहेपनि राज्यका निकायहरु किन बेखबर छन ?

के रातारात सेटिड्ड र मिलेमतोमा यो सब तयारी त् भईरहेको छैन् ? के वायोसिडका म्यानेजर विवेक सिंहले भने झै हमरा उपरतक सेटिड्ड है, हम जो भि करे कोही कुछ उखड नै सकता है” के यस्तै हो त ? हैन भने कृषि मन्त्रालय, विऊ विजन महाशाखा र जिल्ला कृषि कार्यालयहरु यस विषयमा किन बेखबर बन्छन त् ?

आफूहरुले पैसाको विटो थमाई सकेकाले रेश्मा ७८६ धानको विऊ विक्रिमा कसैले प्रतिबन्ध लगाउन नसक्ने वायोसिडका म्यानेजर विवेक सिंहले ध्वास दिदै हिडिरहेको भएपनि राज्यका नियामक निकायहरु निकम्मापन र लाचारी देखाईरहेका छन् । स्मरण रहोस् नेपालको मध्य तथा पुर्वी तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, लगायतका जिल्लहरुमा सोही कम्पनिको मकैको विऊ छरेका किसानहरुले मकैमा घोगा नलागेपछि गत ३ वर्ष अगाडि मकैको बोट सहित पुर्व पश्चिम राजमार्ग र जिल्ला सदरमुकाममा प्रर्दशन गरेका थिए ।

नेपालको किसान ठग्ने र लुट्ने कार्यमा संलग्न वायोसिड कम्पनि र “निम्बस ईन्टरनेशनल कम्पनि प्रा.लि. उपर कार्वाही र उक्त कम्पनिद्वारा उत्पादित तथा आयातित विऊहरु विक्रि वितरणमा प्रतिबन्ध लगाउन, गोदामहरु शिल गर्न तथा उक्त विऊ बहिस्कारको अभियान चलाउन ढिलो गर्न नहुने हो की ? यसर्थ  राष्ट्रियताको मुध्धालाई भाषण र नारामा मात्र सिमित नबनाउने हो र यथार्थमा लागु गर्ने हो भने खुल्ला सिमा,कानुनको कम्जोर कडी र कानुन कार्यन्वयन गराउने नियामक निकायहरुमा रहेका केही भ्रष्ट कर्मचारीहरुलाई नियन्त्रण गरिनुपर्दछ । वायोसिड जस्ता आनुवांशिक विउ हरु यस्तै कम्जोरीमाथी टेक्दै निर्वाद रुपमा नेपालमा कालोबजारी र अबैध धन्दा गर्दै आईरहेका छन् ।