एनअारएनको हेडक्वाटर काठमाडाैँमा बन्दै

काठमाडौँ । गैरआवासीय नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौंमा केन्द्रीय कार्यालय निर्माण कार्यले तीव्रता पाएको छ । र, आगामी सात महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

बालुवाटारमा भइरहेको निर्माण कार्यमा दैनिक ५० बढी मजदुर जुटिरहेका छन् । केही दिनमा पहिलो तलाको ढलान सम्पन्न हुनेछ ।

बालुवाटारस्थित सभामुख निवासको सम्मुखमा ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघको केन्द्रीय कार्यालय भवनको लागत करिव २५ करोड रुपैयाँ हुनेछ ।