काभ्रे समाज युएर्इ गठन

युएई । काभ्रे सम्पर्क समिति युएईको दोस्रो अधिवेशनबाट दिल लामा अध्यक्षमा चुनिएका छन् । दुबईस्थित जाविल पार्कमा शुक्रबार सम्पन्न अधिवेशनबाट लामाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा गोविन्द पन्त, महासचिवमा उत्तम विक, सचिवमा जनक सापकोटा र कोषाध्यक्ष रविन्द्र बहादुर तामाङलाई चुनेको हो । त्यस्तै सदस्यहरुमा निर्मला खड्का, नवराज ढकाल, रामचन्द्र खड्का, चन्द्रसागर लामा, रिता लामिछाने, निरन्जन बस्नेत, जानुका पन्त र योगेश लामा चयन भएका छन् ।

अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज वस्याल प्रमुअ अतिथि वस्यालले नयाँ कार्य समितिलाई बधाई र सफल कार्यकालको कामना दिएका थिए । उनले युएईमा रहेका विभिन्न संघ संस्थाहरुसँग महासंघले हातेमाले गरिरहने बताएका थिए ।

समितिका निर्वतमान अध्यक्ष चन्द्र ढकालको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट अशोक बाँनिया र चन्द्र ढकाललाई सल्लाहकार समितिमा चयन गरेको छ ।