सुन पसल चोरीको घटना अझै रहस्यमै

सर्बसाधरण चकित, व्यापारीहरु त्रसित

चितवन÷चितवनको मुटु नारायणगढको व्यस्त बजार मिलनरोड स्थित आधुनिक सुनचाँदी पसलमा भएको करोडांै चोरीको घटना अहिले सम्म रहस्यमै रहेको छ । घटना भएको हप्ता दिन बितीसक्नलाग्दा समेत घटनामा सम्लग्न चोरहरुबारे केही पत्ता नलाग्दा सो घटना अझै रहस्यमय बन्दै गएको छ । नारायणगढको सबैभन्दा व्यस्त बजारको रुपमा रहेको यस क्षेत्रमा दर्जनौं  सुन लगाएतका अन्य सयौं पसलहरु रहेका छन् । गत् माघ १९ गते विहिबार रातको समयमा रहस्यमय ढड्डले उक्त पसल चोरी भएको थियो । चोरले उक्त पसलबाट ३०५ तोला सुनका गहना, १० के.जी. चाँदी,नगद रु.सात लाख पचास हजार, सुन जोख्ने ईलेक्ट्रिक तराजु र सि.सि. क्यामाराको कन्ट्रोल बक्स समेत लगेको प्रहरीले जनाएको छ । चोरले मिलनरोड टोलसुधार समितीले रातको समयमा खटाएका करिब आदा दर्जन सुरक्षा गार्डहरुलाई समेत चक्मा दिदैं उक्त सुन पसल लुटेको हो । सुन पसलको सटरमा लगाईएको ताला फोडेर लुटपाट मच्चाएका चोरहरुले सटरमा पुनः नयाँ ताला लगाएका थिए । घटना प्रकृतीलाई हेर्दा सुनियोजित तबरबाट चोरहरुले चोरी गरेको देखिन्छ, भण्डाफोरसंग कुरा गर्दै जिल्ला प्रहरी कार्यलयका  प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले भने ू यी चोरहरुले अन्य सानातिना चोरहरुले भन्दा फरक शैलीमा घटना घटाएको र सि.सि. क्यामारा बक्स समेत लैजानुले उनीहरुले निकै नै चलाखी अपनाएको देखिन्छ, तर हामी उनीहरुलाई छिट्टै पक्रउ गर्ने छौं ।” प्रहरी उपरिक्षक थापाले चोहरुलाई पक्राउ गर्ने बताईरहेपनि व्यवसायीहरु भने त्रसित मुद्रामा रहेको देखिन्छ । व्यस्त बजारको मुटुमै त्यसखालको रहस्यमय चोरीको घटनाले अनेकौ प्रश्नलाई जन्म दिएको छ । साथै घटना घटेको यतिका समयसम्म चोरहरु पक्राउ पर्न नसक्नाले चितवन प्रहरीको कार्यसम्पादनमा समेत प्रश्न उठाउने अवस्था सिर्जना भएको छ । सर्बसाधरणलाई चकित तुल्याउने यो चोरीको घटनाको यथार्थ विवरण कहिले बाहिर आउने हो या विगतका कयौ घटना झै गरी चोरीको यो घटना पनि भित्रभित्रै हराएर जाने हो ? यस्को जवाफ आउन कति समय कुर्नुपर्ने हो ?  त्यो त् केही दिनमै छनक पाईएला नै, जे होस चोरी काण्ड खोतल्न चितवन प्रहरी सफल बनोस यहि शुभकामना !
प्रभावहिन बन्यो, सि.सि.क्यामारा
सडकको चोकचोक र बजारमा राखिएका सि.सि.क्यामाराहरुलाई आवश्यक मर्मत सम्भार नगर्दा तिनले ठिक सगं काम गर्न नसकेको यथार्थता छर्लड्डिएको छ । एकातिर सार्बजनिक स्थलमा राखिएका ति सि.सि.क्यामाराहरु आवश्यक मर्मत सम्भार को अभावमा कामै नलाग्ने गरी विग्रनु र अर्कोतिर व्यवसायीहरुद्वारा लगाईएका सि.सि.क्यामाराहरु समेत प्रभावहिन बन्दै जाँदा व्यापारीहरु थप चिन्तित बनेका छन् । आधुनिक सुनचाँदी पसलमा भएको करोडांै चोरीको घटनामा चोरहरुले सि.सि. क्यामाराको कन्ट्रोल बक्स समेत लगेको घटनाले ठुला चोरीका घटना रोक्न सि.सि. क्यामारा प्रभावहिन बन्ने देखिएको छ ।