निकुञ्जभित्रका रिसोर्टहरु काम नलाग्ने अवस्थामा के के भएको थियो निकुञ्जभित्र ?

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सात ओटा होटल तथा रिसोर्टहरु बाहिरिएको लामो समय भईसकेको छ । ती होटल तथा रिसोर्टहरु बाहिरिएको करिब चार वर्ष नाघिसकेको छ ।

निकुञ्जभित्र रहेका  ति सात ओटा होटल तथा रिसोर्टहरुको उचित ब्याबस्थापन नहुँदा कामे नलाग्ने गरी अवस्थामा पुगेका हुन् । तीस वर्षे लीज अवधि सकिएको भन्दै नेपाल  सरकारले ती सात वटा होट्ल तथा रिसोर्टहरुको अनुमतिपत्र नवीकरण नगरेका कारण बाध्य भएर उनीहरु बाहिरिएका हुन्  ।यसरी बाहिरिएका होट्ल तथा रिसोर्टहरु होटल मचान,चितवन जङ्गल लज, गैंडा वाईल्ड लाइफ क्याम्प, नारायणी सफारी, आईल्याण्ड जङ्गल रिसोट, टेम्पल टाइगर र टाइगर टप्स रहेका छन् ।
रिसोर्टहरु कस्तो अवस्थामा छन् ?
अहिले रिसोर्ट भित्र टेबुल कुर्सी लगायतका सामग्री हरु मात्रै यथावत नै छन् तर, ती भित्र भौतिक संरचना भने बिग्रदो अवस्थामा पुगिसकेका छन् । अनुमतिपत्र नविकरण नभए पनि रिसोर्टहरुले आफूले विगतमा उपभोग गरेको क्षेत्र खाली भने गरेका छैनन् । निकुञ्जभित्र गतिविधि सञ्चालन गर्न नपाएपछि व्यवसायीहरु ले निकुञ्ज बाहिर मध्यवर्ती क्षेत्रमा नयाँ संरचना निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेको बताउँछन् । जहाँ बाट उनीहरु पहिले जसरी नै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जीप सफारी सञ्चालन गर्दै आएका हुन् । सो क्रममा अलपत्र परेका संरचनालाई सम्बन्धित व्यवसायीहरुले पर्यटक घुमाउने रुटको रुपमा प्रयोग पनि गरिरहेका छन् । सञ्चालन अनुमति सकिएर नियम सङ्गत रुपबाट निकालिए पनि व्यवसायीहरु सो स्थान प्राप्तिको लडाईं लडि रहेका छन् । तर निकुञ्ज रहेको चितवन जिल्लाका उद्योग व्यवसायीहरु बीचमै पनि यो लडाईँ प्रति भने एकमत छैन । व्यवसायीहरु निकुञ्जभित्र होटल तथा रिसोर्ट सञ्चालनको अनुमति दिन हुने र नहुने गरी  दुई भागमा विभाजित छन् । यसले नवीकरणको टुंगो नलागेका व्यवसायीहरुलाई बाहिर ल्याउनुका साथै अन्य लगानीकर्ताहरुलाई पनि यो पेसामा आकर्षित गरेको छ । जसले गर्दा चितवनदेखि नवलपरासीसम्मको निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासमा गरी होटल तथा रिसोर्ट व्यवसायमा अर्बौं लगानी भएको छ ।
के के भएको थियो निकुञ्जभित्र ?
निकुञ्जभित्रको मानवीय गतिविधिले वन्य जन्तुको चोरी शिकारीमा ह्वात्तै वृद्धि भएको थियो । विगत ३÷४ बर्ष यता चोरी शिकारी शुन्यमा झरेको छ । यसरी ती होटल तथा रिसोर्टहरु बाहिरिएसंगै वन्य जन्तुको चोरी शिकारीमा कमी मात्र आएको नभई १०००दिनयता चोरी शिकारी शुन्यमा झरेको हो । त्यसैले पनि निकुञ्जभित्र होटल तथा रिसोर्टहरु राख्न दिननहुने तर्कमा स्वंय चितवन राष्ट्रिय निकुञ्ज छ, तर व्यवसायीहरु भने यसलाई स्विकार्न तयार छैनन् । उनीहरुले आफूहरु आरक्षित वन्यजन्तु लाई असर नपुर्याईकन निकुञ्ज व्यवस्थापनसँग मिलेर संरक्षणमा थप जोड दिदै आएको बताउँछन् । निकुञ्जको तथ्याङ्कअनुसार चोरी सिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८ र ५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९ र ६० मा ३२ वटा गैँडा मारिएका थिए , जतिबेला मुलुकमा संकटकाल लागेको थियो ।