चितवनमा बिप्लव माओवादीको चन्दा आतंक

ब्यापारी त्रसित, प्रशासन बेखबर

चितवन । राष्ट्र र जनताको मुक्तिका लागि भन्दै एकीकृत जनक्रान्तिको कार्य्दिशा अगाडि सारेर हिंसात्मक कृयाकलाप गरि राज्यलाई दबाब दिंदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी
ले चितवनमा चन्दा आतंक शुरु गरेको छ । उस्ले आगामी फागुन १ गतेदेखी खुल्लामञ्च मा आयोजना हुने आठौं राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने नाममा चन्दा माग गरेका हो । विभिन्न क्षेत्रमा पत्र पठाई विप्लव माओवादीले सहयोगको नाममा लाखौं रुपैयाँ माग गरेको छ । मनपरी ढंगले पत्र पठाएर चन्दाको नाममा आतंक सृजना गरेको व्यवसायीको गुनासो छ । आर्थिक सहयोगको नाममा जिल्ला सेक्रेटरी शंकरको हस्ताक्षर रहेको सो, पत्रमा विभिन्न संघ संस्था हरुमा जवरजस्ती धम्क्याउदै चन्दा आतंक मच्चाएका हुन् । सम्मेलनमा आर्थिक, नैतिक, भौतिक सहयोग र सहभागिताको आवश्यकता लाई पार्टीले उच्च रुपमा लिएको भन्दै विभिन्न संघ संस्थाहरुमा पत्र पठाई विप्लव नेतृत्वको माओवादीले चन्दाको नाममा आतंक सृजना गरेका  हुन् । मंगलवार सांझ मात्रै सहयोग नगरेको नाउँमा विप्लव माओवादीकै कार्यकर्ताले चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने को गाडी तोडफोड गरेका थिए । यो घटना लाई पनि आर्थिक लेनदेन संग जोडेर घटाइएको हुन सक्ने देखिन्छ ।
यसैबीच , चितवनमा भएको चन्दा आतंकको बिषयमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अनभिज्ञता प्रकट गरेका छन् । यसबारे मलाई र मेरो कार्यालयलाई कुनै प्रकारको जानकारी एवं खबर आएको छैनन् । कुनै निवेद्कले जानकारी दिएलगत्तै हामी यसलाई थप
अनुसन्धान गर्दै कारवाहीलाई अघि बढाउछौं ।

तोडफोडको आरोपमा दुई पक्राउ ।
यसैबीच , चितवन प्रहरीले गत , मंगलबार चितवन मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने सवार गाडीमा तोडफोड गरेको भन्दै दुई जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले  दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा धिरेन्द्र शाह र लोकराज पाण्डे रहेका छन् । हामीले शंका को आधारमा पक्राउ गरेका हौं, उनीहरु माथि आवश्यक छानविन भईरहेको छ”–एसपी थापाले भने । स्रोतका अनुसार पक्राउ परेका पाण्डे विप्लव माओवादीका किसान संघका केन्द्रीय नेता हुन् भने, पक्राउ परेका अर्का शाह विप्लव माओवादीका कार्यकर्ता हुन् या होईन भन्ने अझै स्पष्ट नभई नसकेको स्रोतको भनाई छ । डा.न्यौपाने सवार गाडीमा चितवन मेडिकल कलेज परिसरमा केही युवाहरुले क्रिकेटको स्ट्याम्पले हानेर तोडफोड गरे लगत्तै साँझ विप्लव निकट विद्यार्थी संगठनले प्रेस बिज्ञपति मार्फत चार बुदे आरोप लगाई तोडफोड गरेको स्वीकारेका थिए ।