उपरदाड्डगढी प्रति राज्य संयन्त्र किन उदासिन् ?

चुनढुङगा उत्खननले धरापमा पर्दै ऐतिहासिक स्थल

नेपालको तेस्रो पर्यटकिय गन्तब्य चितवनको पहाडी गा.वि.स. शक्तिखोर (हालःकालिका नगरपालिका) मा पर्ने ऐतिहासिक महत्व बोकेको उपरदाड्डगढी नजिकै फेदीको कोलार चुनखानी उत्खननको कारण दिनदिनै धरापमा पर्दै गईरहेको छ ।
चितवनको पुरानो सदरमुकामको नामले परिचित सामारिक महत्वको ऐतिहासिक एवं धार्मिक स्थल उपरदाड्डगढी दिन दिनै भासिने खतरा बढिरहेको भएपनि राज्यका सम्बन्धित सरोकारवाला निकाय र राजनितिक दलहरुको चरम उदासिनताको कारण सो क्षेत्र  धरापमा पर्दै गईरहेको हो ।
चेपाड्ड हिलको रुपमा पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रमा केही नाफाखोर व्यापारी तथा मायिाहरुको चलखेल र मनलाग्दी चुन खानी उत्खनन कार्यले उपरदाड्डगढी गम्भिर संकटमा पर्दै गईरहेको स्थानियहरुले बताएका छन् । सो क्षेत्रमा विगत पाँच सात वर्ष अघि देखी निरन्तर चुनढुड्डा उत्खनन भईरहेको छ । बेलाबखतमा राजनितिक दल र तिनको आडमा स्थानियको नाममा केही ब्यक्ति र समुह हरुले चुनढुड्डा उत्खनन र ओसार पोसारमा अवरोध गर्नुका साथै आन्दोलन गर्ने गरेपनि खानी सञ्चालकहरु सँग मोटो रकम लिई आन्दोलन तुहाउने गरेको पिडित स्थानियहरुले बताए ।
खानी सञ्चालकहरुले ठुला राजनितीक दलका केन्द्रिय, जिल्ला र स्थानिय गरी तिनै तहका नेताहरुको मुखमा मोटो रकमको बुजो लगाएकै कारण राजनितिक दलहरुले खानी सञ्चालनले दिर्घकालीन रुपमा गम्भिर जोखिम आउने गरी उत्खनन् गरिहरेको भएपनि आखाँ चिम्लिरहेको स्थानियहरुले आरोप लगाए । खानीमा नेपाली काँग्रेशका पुर्व जिल्ला सभापति विकाश कोइराला, माओवादी केन्द्रका जिल्ला स्तरका कार्यकर्ताहरु भानु न्यौपाने, तारकेश्वर शाह, शिवम् सिमेन्ट र मधुसुधन नाम गरेका हेटैडाका एक व्यापारी लगाएतको लगानी रहेको बुझिएको छ ।
खानीबाट निरन्तर चुन उत्खनन भईरहेमा त्यसले भविश्यमा ठूलो समस्या निम्तीने स्थानियहरुले बताएका छन् । स्थानिय पिडितहरुले खानी संचालनको निरन्तर विरोध गरिरहे पनि राजनितीक दलहरुकोे जनविरोधी चरित्र एवं हर्कत र राज्यका सरोकारवाला निकायहरुको वेवास्ता एवं चरम उदासिनताले गर्दा कालान्तरमा उपरदाड्डगढी भाषिने खतरामा पुगेको संरक्षण विद्हरुले बताएका छन् । खानीको कारण खानीको शिर रहेको उपरदड्डगढी केही वर्षमा भाषिने अवस्थामा पुग्ने खतरा बढेको संरक्षण विद्हरुले चिन्ता ब्यक्त गरेका हुन् ।
स्थानीयको पुर्व सहमति बगेर नै खानी संचालन गरेको स्टारलाईम प्रा.लि.ले अल्प संख्यक चेपाड्ड बाहुल सो क्षेत्रका स्थानियहरुलाई साम, दाम, दण्ड भेदको निति र गुण्डा गर्दीको आडमा जर्बजस्ती जमिनहरु हडपेको स्वंय पिडित स्थानिय  सर्बसाधरणहरुले बताएका छन् । बोल्न पनि डराउनुपर्दछ । एक स्थानियले भने नत्र कति खेर कहाँबाट गुण्डाहरुले कुट्छन् कुनै ठेगाना छैन । शक्तिखोरका एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोर सँग कुरा गर्दै भने हाम्रो आशा र विश्वास भएका राजनितीक दलहरु त विके, स्थानिय प्रशासनले समेत हाम्रो समस्या सुन्दैन । हामी समस्यामा त् छदै छौ असुरक्षामा समेत छौ । उनले थपे । सो खानीको कारण कालिका नगरक्षेत्रमा भविष्यमा खानेपानी र सिंचाईको समेत समस्या हुने उनले बताए ।
उपरदाड्डगढि बचाउ अभियानका संयोजक ढलक रानाले ऐतिहासिक धरोहरलाई जोखिममा पार्ने गरी खानी संचालन भईरहेपनि सम्बन्धित सरकारी निकाय र राजनितीक दलहरुले वेवास्ता गरेकोमा दुःखेसो ब्यक्त गरे । उनले  दुःखित मुद्रामा थपे, ऐतिहासिक धरोहरलाई जोगाई पर्यावरण र पर्यटन ब्यवसायको विकास गरी राज्य एवं स्थानियले मनग्गै आम्दानी गर्न सकिने प्रशस्त संम्भावना समेत हँुदाहुदै ऐतिहासिक एवं धार्मिक स्थल उपरदाड्डगढी नासिने गरी चुनखानी उत्खनन गर्न दिने कार्य गलत भएको बताए ।   सौरहाका पर्यटन ब्यवसायी रिषी तिवारीले उपरदाड्डगढी संरक्षण र विकास गर्न सकेमा त्यसले चितवनको पर्यटन ब्यवसाय अझ फष्टाउने बताए ।
यसैविच हामीले चितवनका स्थानिय विकाश अधिकारी श्रवणकुमार पोख्रेललाई के पर्यटकीय संम्भावना युक्त उपरदाड्डगढी संरक्षण गर्नु तपाईहरुको दायित्व भित्र पर्दैन त् भनि सोधेको प्रश्नमा उनले खानी विभागले नै उत्खनन को मान्यता दिएकोले आफुहरुले उपरदाड्डगढी संरक्षणमा खास केही गर्न नसकेको बताए । भण्डाफोरसगं कुरा गर्दै स्थानिय विकाश अधिकारी पोख्रेलले आफु यहाँ आउनु अघिदेखि नै खानी सञ्चालन भएको र राजनितिक दलहरुको समेत उपरदाड्डगढीमा रहेको चुनखानी उत्खननमा  सहमति रहेकोले आफु एक्लैले केही गर्न नसक्ने बताए । उनले अगाडी थपे यदि स्थानिय वा कोही कसैले सो विषयमा निवेदन दिएमा आफुँले छलफल सम्म चलाउन सक्ने तर चुनखानी उत्खनन कार्य रोक्न भने नसक्ने बताए ।  यता, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने ऐतिहासिक एवं धार्मिक स्थल नजिक त्यस्तो कुनै उत्खनन् गर्न नपाईने बताए । चुनखानी उत्खनन कार्यले उपरदाड्डगढीमा असर गरेको अवस्था भए त्यसलाई अध्ययन अनुसन्धान गरी आवश्यक कारवाही र उत्खनन कार्य समेत रोक्न सम्बन्धित निकायमा पत्राचार गर्न सकिने प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।