निद्रामा देखिने अचम्मका समस्या

निन्द्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउझिने, विहान चाँडै विउझिने आदि समस्या रहन्छ ।

हाम्रो शरिरको स्वस्थ्यको लागि निद्रा अनि अत्याबश्यक हुन्छ । निस्चित समयमा भोक लाग्ने भने जस्तै हामीमा, निस्चित समयमा निद्रा लाग्छ साथै हामी निद्राबाट विउझिन्छछांै । निन्द्रा विभिन्न किसिमका हुन्छन् ।

१. हल्का निद्रा
२. गहिरो निद्रा , आराम दायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
खास गरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुँदै चक्रिय रुपमा आइरहेका हुन्छन् । हल्का निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौं । झसंग उठ्न सक्छौ । त्यस्तै आँखाको गेडी हल्लिने निद्रामा पनि । तर जब गहिरो निद्रामा हामी हुन्छौ, त्यतिबेला हामीलाई केही थाहा हुँदैन । यस्तो निद्रालाई ‘भाते निद्रा’ पनि भनिन्छ । हाम्रो मस्तिस्कको आरामको लागी यो अति आवश्यक छ । हाम्रो शरिरको स्वास्थ्यको लागि करिब ६ घन्टा निदा्रको आवश्यकता पर्छ । बालक तथा बिरामी पर्दा बढी लामो निद्राको आवश्यकता पर्छ । कहिलेकाहिँ एक दिनको निद्रा बिथोलिएमा अर्काे दिन यसले असर गर्दछ । त्यसैले भनिन्छ एक दिनको निद्राले ७ दिन पिरोल्छ ।

निद्रामा देखिने समस्याहरु
प्राय मानिसहरु निद्रा कम पर्ने गरेको गुनासो गर्छन । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौं कुर्नु कोही निदाउने तर बिच विचमा विउझिने गर्छन् । कोही निदाएर उठेपछि फेरी निदाउन गाह्रो हुन्छ । जसले गर्दा भोलिपल्टसम्म फूर्तिलो नदेखिने हुन्छन् । कोही बढी निदाउने गर्छन् । खासगरि दिउसो बढी निद्रा लाग्ने निद्राले गर्दा काम गर्न गाह्रो हुने पढ्न नसक्ने, पटक पटक निद्राले सताउने गर्छ ।

निद्रामा देखिने अचम्मका समस्याहरु
निदाएको बेलामा डराउने, आत्तिने, चिच्याउने, नराम्रो सपना देख्ने भौलिपल्ट कुनै कुरा सम्झिने र कुनै सम्झिन नसक्ने ।

निदाएको बेलामा घरबाट वाहिर निस्कने र हिड्ने र धेरै हिडी सकेपछि मात्र चेत आउने र फेरी घर फर्किने ।

निदाएको बेलामा पिसाव छुट्ने ।
निद्राको वेलामा बोल्ने, दाँत चपाउने, निद्रामा घुर्ने, खुट्टा हल्लाउने आदि ।
निद्रावाट ब्युँझिदा शरिर चलाउन नसक्नेः यो यस्तो अवस्था हो, हामी अचानक निद्रावाट ब्युँझिन्छांै प्राय आत्तिदै सपना वा हामी डराइरहेका हुन्छौं । हामी शरिर चलाउन सक्दैनौं । बोल्न पनि सक्दैनौं । यसैले निसासिए जस्तो लाग्छ । केही मिनेटमा हामी बोल्न सक्छौं । हाम्रो शरिर चलाउन सक्छां । ै यो अवस्थालाई बोक्सीले छलेको भन्ने गरिन्छ । वास्ताममा यो सही होइन । यो निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो । जुन १ देखि २ मिनेट मात्र रहन्छ ।

धेरै मानिसहरुमा उमेर ढल्कदै जाँदा निद्रा कम पर्ने हुन्छ । राती निद्रा नपर्दा अत्यन्त पडिादायी हुन्छ । मनमा अनेकौं कुरा खेल्छन् । दिमागले आराम पाउँदैन । छटपट्टी हुन्छ । पेट पोल्छ । खानामा अरुचि हुन्छ पसिना आउछ । शरिरका मांशपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुन्छ । धेरै मनोरोगका बिरामीहरु निद्रा गडबड भएको वताउँछन् ।

राम्रो निद्राका लागि घरेलु उपाय
सुत्नेकोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ ।
दैनिक रुपमा शरिरिक ब्यायाम गर्ने ।
दिउसो भरसक नसुत्ने ।
सुत्नुअघि चिया, कफी नलिने र बढी खाना नखाने वा कम खाना पनि नलिने ।
जहिले पनि एउटै समयमा सुत्ने बानी वसाल्ने चाँडै सुत्ने र चाँडै उठ्ने बानी गर्ने ।
निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने जाँडरक्सी सेवन नगर्ने ।
सुत्नुअघि मनतातो पानीले नुहाउनु उत्तम हुन्छ ।

सपनाको मनोवैज्ञानिक विश्लेषण
प्रशिद्ध मनोवैज्ञानिक सिगमण्ड फ्रायडका अनुसार निद्रामा देखिने सपना अनौठो रुपमा आएको हुन्छ । खासगरि हाम्रो मष्तिक्कमा रहेका (रेकर्ड भएका कुराहरु) एक अर्कामा जेलिएर आउने । हाम्रो मनमा रहेको इच्छा पूरा गर्ने, कहिलेकाहिँ एकआपसमा घुलमिल हुँदै अत्यन्तै पिडादायी डरलाग्दो रुपमा प्रस्तुत हुने गर्छ । एउटा कुराको टाउको अर्काे कुराको पुच्छरसँग चामत्कारीक सपना देखिने, कहिले राम्रो रुपमा आउने कहिले नराम्रो रुपमा आउने हुन्छ ।

नराम्रो सपना देखियो अब के हुन्छ भनेर अहिले मनमनै त्रासमा पर्नेहरु पनि हुन्छन् तर यो भ्रम मात्र हो । यसले मनमा अशान्ति पैदा गर्छ । सपना राम्रो देख्नाले मन खुशी पनि हुन्छ । तपाईले भेट्न नसकेको मानिस वा तपाईंले मनमा सोच बनाउनुभएको मानिससँग पनि तपाईंको भेट सपनामा हुन्छ । तपाईंलाई क्षणिक आनन्द मात्र हुन्छ । अर्का शब्दमा भन्दा हाम्रो मस्तिस्क एउटा कम्युटर हो । उसमा रेकर्ड भएको कुराहरु तव हामी निद्रामा हुन्छौं । मष्तिस्क चाही अर्ध चेतनामा हुन्छ । त्यसबेला सपनामा यी वर्षांै देखिका रेकर्डहरु फाइल टेप जस्तै गरि एक अर्कामा घुलमिल भई प्रस्तुत हुन्छन् । कहिलेयी आनन्दायी हुन्छन त कहिले पिडादायी हुन्छन् । तर, सपना नराम्रो देखियो अव के हुन्छ भनेर अत्तिनुचाहिँ मुर्खता मात्र हो । नराम्रो सपना देख्दा र चिन्ता लिँदा कति मानिस मनोरोगी बन्छन् ।

डिप्रेसन रोगका बिरामी निद्रा गहिरो नभएको बताउँछन् । जसवाट भोलीपल्ट फूर्ति नआउने हुन्छ । डरलाग्दो सपना देख्ने गर्छन् र अत्तिन्छन् । मेनिया रोगमा निद्रा २ घण्टा सुतेपनि पुग्छ । बिरामी रातीपनि टिभि हेरी रहने कराउने, यताउता हिँड्ने गर्छन् । सिजोफेर्नियाका बिरामी रातभरी यताउता डुल्छन् । दिउसो सुत्छन् । सन्तुलित भोजन शारिरिक ब्यायाम गर्ने मानिस रातमा राम्रैसँग निदाउँछन् । एक प्रकारको छारे रोग जुन निदाउँदा मात्र देखिन्छ । बिरामी अचानक ओछ्यानवाट खस्ने शरिर कडा हुने, तन्किने, मुखबाट फिज काड्ने १५ मिनेटपछि फेरी उठ्ने गर्छन् । एन्जाइटि डिसअर्डरका बिरामी अध्यारोमा डराउँछन् । ढोका झ्याल लगाउँदा आफू निसासिएको जस्तो मान्छन् । एक्लै बस्न सक्दैनन् । मन आत्तिने डराउने गर्छन् । राती कफी शरिरको अपरेशन पछि निद्रा राम्रो परेन भने घाउ निको हुन गाह्रो हुन्छ । यस्तो अवस्थामा निद्रा लाग्ने औषधि प्रयोग गरिन्छ । धेरै किसिमका निद्रा लाग्ने औषधिहरु पाइन्छन् । थोरै निद्रा नपर्दामा औषधि लिनु हुँदैन । औषधि बिना गरिने उपचार सफल नभएमात्र औषधि प्रयोग गर्नुपर्छ ।

निद्रामा देखिने समस्याको उपचार
निद्रामा देखिने छारे रोगका बिरामीले छारे रोगको औषधि सेवन गर्नुपर्छ ओषधि करिव ४ वर्ष लिन पर्ने हुन्छ ।

निद्रा नपर्ने, निद्रामा विउझिने बिरामीले सवैभन्दा पहिले घरेलु उपचार गर्नुपर्छ त्यसवाट निको नभए निद्रा पर्ने औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

निदाएकाृ वेला डराउने, नराम्रो सपना देख्ने मानिसलाई औषधिको प्रयोग तथा मनोवैज्ञानिक उपचारबाट फाइदा हुन्छ ।

निदाएको बेलामा हिड्नेका विरामी औषधि प्रयोगबाट निको हुन्छ ।

निदाएको वेला पिसाव फेर्ने विरामीले वेलुकी पख कम पानी पिउने,सुत्नु अगाडी पिसाव फेरेर मात्र सुत्ने गर्नुपर्छ । त्यसबाट पनि निको नभए राती कति वजे पिसाप छुट्छ, त्यो भन्दा ३,४ मिनेट पहिला उठाएर पिशाव फेराउन पर्छ । त्यती गर्दा पनि निको नभए औषधि सेवन गर्न पर्दछ ।

निद्राको वेला वोल्ने, दात चपाउने , निद्रामा खुट्टा हल्लाउने मानिसको लागि औषधि प्रयोग तथा मनोवैज्ञानिक उपचारवाट फाइदा हुन्छ ।

निद्रामा डराई ब्युझिदा शरिर चलाउन नसक्नुका बिरामीलाई काउन्सिलिङको आवश्यकता पर्छ । यो वोक्सी लागेको होइन, अन्धविश्वास हटाउनु पर्छ । यो बोक्सीले छलेको होइन अचानक ब्यिुझिदा शरिर चलाउन कही समय लागेको हो ।

निद्रामा देखिने नराम्रो सपनालाई विश्वास गर्न हँुदैन । सपनामा देखेको कुरा पछि मिल्छ भन्नु अन्धविश्वास मात्र हो । मन ढुक्क बनाउन पर्दछ । सपना नराम्रो देखेपनि विपनामा केही हुदैन ।

मनोचिकित्सक, चितवन मेडिकल कलेजमा काम गर्छन् ।