चितवन स्वरोजगारमा पुनः शुक्रको अध्यक्षता

पुस, भरतपुर । चितवन स्वरोजगार निर्माण संघको दोस्रो अधिवेशनले पुनः शुक्र बहादुर मिजारलाई आगामी तीन वर्षका लागि अध्यक्षको रुपमा चयन गरको छ । आज हाकिमचोकको नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको तेस्रो बार्षिक साधरण सभा तथा दोस्रो अधिवेशनले मिजारलाई सर्वसम्मतिमा अध्यक्ष चयन गरेको हो ।

एघार सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सुग्रिम महात्तो, सचिवमा निर्मलराज न्यौपाने र कोषध्यक्षमा कृष्ण बहादुर पौडेल चयन भएका हुन् । कार्यक्रम समितिका पदाधिकारीहरु पुरानै कार्यसमितिका पुन चयन भएका छन् । नव निर्वाचित कार्यसमितिका सदस्यहरुमा श्यामकृष्ण श्रेष्ठ, राम बहादुर मगर, खेमबहादुर तामाड्ड, भरत सार्की, मुसाफिर राय यादव, तुलाराम चापागाईं र अबिर बहादुर वि.क चयन भएका छन् । शहरी तथा भवन निर्माण डिभिजन कार्यलय चितवनका ई. दिनेशकुमार ढुंगेल प्रमुख अतिथि रहनु भएको कार्यक्रमको विशिष्ट अतिथिहरु भरतपुर उप–महानगरपालिका भुकम्प सुरक्षा शाखाका प्रमुख ई. सूर्य लामा, ईन्जिनियरिड्ड एशोसियसन चितवनका अध्यक्ष कृष्ण प्रसाद रिजाल तथा अतिथिहरुमा पूर्वी चितवन निर्माण सेवा संघका अध्यक्ष उत्तम घिमिरे, भरतपुर भवन निर्माण व्यवसायी समितिका अध्यक्ष मदन हजरा पासवान लगायत रहेका थिए । कार्यक्रम निर्वमान अध्यक्ष शुक्र बहादुर मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो ।