कान्तिपुर मजदुर संघमा भुषाल

चितवन । कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघ क्षेत्रीय कार्यालय भरतपुरको दोश्रो अधिबेशनबाट सर्बसम्मत अध्यक्षमा पुन यमकान्त भुषाल चयन भएका छन् । विहिवार भएको अधिबेशनबाट ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जस अनुसार सचिवमा कृष्ण पराजुली, कोषाध्यक्षमा प्रेमप्रकाश अधिकारी, सह सचिवमा आशिष तिवारी छन् । अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा बिरेन्द्र श्रेष्ठ, बसन्त भूमि, उद्धव खरेल, गणेश खड्का र विमल आचार्य छन् । निर्वाचित अध्यक्षले मजदुर कर्मचारीको हितमा कार्य गर्ने बताए ।