गोप्य सूचना चुहाउदै प्रहरी, सुचकको सुरक्षा खतरा बढदैं

प्रनिश थापा ।
चितवन ।  प्रहरी बर्दीवाल नागरिक हुन् भने,नागरिक बिना बर्दीवालका प्रहरी हुन् । के, तपाईं यसैलाई आत्मसात गर्दै समाजमा हुने गरेको हरेक घट्नाको बारे गोप्य सूचना एवं उजुरी नेपाल प्रहरी समक्ष गर्दै हुनुहुन्छ ? यदी गर्दै हुनुहुन्छ भने अब साबधान ! हुनुहोस् । किनकि, तपाईंले टिपाउने गरेको उजुरी एवं सूचनाको स्रोत गोप्य नभएको पनि हुनसक्छ । नाम नखुलाउने सर्तमा बिश्वास गरेर तपाईं ले गाउँ, घर , टोल, छर(छिमेकमा घटेको हरेक घट्ना बारे गोप्य सूचना नजिकका प्रहरीलाई दिए पनि उनीहरुले त्यो सूचना चुहाएरै छाड्ने गरेको रहस्य खुलासा भएको छ । नागरिक सित हातेमालो गर्दै अपराध न्यूनीकरण गर्न सरुवा भएर आए लगत्तै हरेक प्रहरीले आफुलाई समाजमा हुने गरेको घट्नाको बारे गोप्य सूचना दिन नागरिकलाई अनुरोध गर्छन् अनि भन्छन् स्( जस्तोसुकै दबाब आए पनि हामी जनताले उपलब्ध गराएको गुनासो एवं उजुरी कुनै पनि हालतमा सार्वजनिक गर्दैनौं ।

प्रहरीको यो भनाइ कुनै नौलो होइनन् । प्रहरीको यहीँ सान्त्वना र बिश्वास अनि अभिप्रायःका साथ कर्तव्यबोध नागरिकहरुले चितवनका प्रहरी युनिट समक्ष गोप्य रूपमा सूचना दिन्छन् । तर, यहाँका प्रहरी यस्ता छन् कि कमिसनको लोभलालच र पैसा को आडमा खुलेआम बिकेका छन् अनि सूचना को स्रोतलाई ख्यालै नगरी गोपनीयताको पुर्णतः बेवास्ता गर्दै नागरिकका सूचनाहरु लाई भंग गर्न दौडेपछि चितवन प्रहरीको यो कर्तुत छताछुल्ल हुन कुनै बेर लागेन । देशको सुरक्षा जस्तो सम्बेदनशिल अंग ओगट्न सफल नेपाल प्रहरी पछिल्लो पटक यी र यस्ता दायित्वहरुबाट पन्छिने गरेका हुन् ।

एक ब्यक्ति जस्ले आफ्नु नाम नबताउने सर्तमा हामी सित भने, म प्रहरीको नियमित गुनासो कर्ता हुँ । मैले आफ्नु गाउँ, टोल, छर छिमेकमा हुने गरेको घट्नाको बारे गोप्य रूपमा उजुरी प्रहरी सामु गर्ने गर्छु । तर, मेरो सूचना उनीहरु ले बाहिरी ल्याउने गरेको बताए । उन्ले,करिब दुई बर्ष अगाडि ईलाका प्रहरी कार्यालय टाँडी का प्रहरी ड्युटीमा नबस्दा अज्ञात समुहबाट ट्रीपर तोडफोड हुन पुग्यो । नागरिक नै संशकित हुने तरिकाले तोडफोड भएपछि मैले एकाबिहानै टाँडी चौकीमा सम्पर्क गरे तर, तारन्तर फोन गर्दा पनि टाँडी प्रहरीको फोन कुनै हालतमा उठेन , उस्ले गुनासो गर्दै भने, जाडो महिना भएर होला फोन उठाउन गाह्रो मानेको अनि लामो प्रयास पछि बल्ल तल्ल सञ्चारको ०५६( ५६०१९९ को फोन उठ्यो अनि मैले सूचना दिए गाडी तोडफोड भएको बारे ।

बिहान् पाँच बजे भएको उक्त सवारी तोडफोडका बारे जानकारी पाए लगत्तै संचार का प्रहरी हामी आईहाल्यौं भने पनि एक घण्टा सम्म पनि नजिकका कुनै पनि प्रहरीहरु घट्ना स्थलमा आईपुगेनन् । यी र यस्ता किसिमको प्रहरीको सानो लापरबाहीले गर्दा अपराधीहरु भागि सके तैपनि प्रहरीको उपस्थिति भने भएन । जब कि घट्नास्थलबाट ईलाका प्रहरी कार्या लयको दुरी एक किलो मिटरको पनि छैन् । गजब्बको कुरा त के भने , प्रहरी आएन् मात्रै होईन सुरक्षा जस्तो गम्भीर क्षेत्रको फोन नै प्रहरीले  उठाएनन् । प्रहरीको दायित्व के, हो ? सोही उजुरीकर्ताले भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयको हट्लाईन नम्बर ०५६( ५२४२४१ र १०० मार्फत पटक पटक फोन गरि ट्रक तोडफोड र प्रहरीले दिएको दुस्ख बारे जानकारी गराए नाम गोप्य राख्ने भन्दै त्यस समय ड्युटीमा कार्यारर्त ती प्रहरी ले उजुरीकर्ताको नाम र सम्पर्क नम्बर पनि मागेछन ।

भए पनि त्यो जानकारी प्रहरीले बडो अप्ठ्यारो तरिकाले टिपेको र गोप्य राख्न अनुरोध गर्दा गर्दै पनि सञ्चारको सेट मार्फत जिल्लाभर पुरै हल्ला फैलाएको उन्ले गुनासो गरेका छन् । प्रहरीले गोप्य राख्ने भन्ने अनि सूचनाको स्रोत ख्यालै नगरी सार्वजनिक गर्दै हिंड्ने ? उन्ले प्रश्न राख्दै भने, प्रहरीको यस्तो गम्भीर किसिमको लापरबाही कहिले अन्त्य हुन्छ ? गोप्य राख्छु भने पनि जिल्ला प्रहरीले आफ्नु सूचना लाई तोड्मोड गरि भंग गराएको भन्दै ती युवकले गृहमन्त्रालयमा उजुरी गरेपछि तत्कालीन चितवनका प्रहरी उपरीक्षक सहकुल बहादुर थापा र तत्कालीन ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी टीका बहादुर कार्कीले आफुलाई घट्ना बारे यथार्थ बुझ्न कार्यालयमा बोलाएको क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले माथिल्लो निकायमा प्रहरी विरुद्ध उजुरी गरेकै कारण आफू सित भन्केको बताए । उन्ले आक्रमक हुँदै भने, हामी ले गृहमा उजुरी गर्दा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुखहरुलाई टाउको नदुख्ने तर, प्रहरी नायब उपरीक्षकलाई किन टाउको दुख्ने ?

उनले प्रहरी कार्यालयले ड्युटी गर्नु पर्यो भन्ने हेतुले आफु ले उपलब्ध गराउदै आएको सूचना जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयकै मिलेमतोमा चुहाए को हुन सक्ने दाबी सहित को ब्यबहोरा गृहमा दर्ता गराएका थिए । यता, काठमाडौं सरुवा भएर गएका प्रहरी नायब उपरीक्षक कुवर सित घट्ना बारे कुराकानी गर्न खोज्दा कुवर यसबारे केही बोल्न चाहेनन् । त्यस्तै, केही महिना अगाडि उन्ले , दर्ता बिना धमाधम सञ्चालनमा आएका कोचिङ सेन्टर र पसल बारे गोप्य सूचना जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त बहादुर कुँवरलाई दिएका थिए । त्यसबखत पनि उन्ले, आफ्नु नाम प्रहरी उपरीक्षकबाटै सार्वजनिक भएकोमा असन्तुष्ट ब्यक्त गरेका  छन् ।

आक्रोशित हुँदै उनले भने, मैले पुर्वी चितवनको टाँडीमा रहेको कलेज अफ सफ्टवेयर ईन्जिनियरले बिगत दस बर्ष देखी बिना अनुमति कम्प्युटर क्लस सञ्चालन मा ल्याएको बारे प्रहरी प्रमुख कुँवर लाई बिहान ६ बजे उहाँकै मोबाईल ९८५५०१५५५५ मार्फत जानकारी दिए । जानकारी पाएपछि प्रहरीको टोली सात बजे आए र सञ्चालक लक्ष्मी प्रसाद अर्याललाई नियन्त्रणमा लिएर लगे । तर, नियन्त्रणमा लिएर लगेका सञ्चालकलाई थाहा थिएन मैले सूचना दिएर प्रहरी आए बारे ।

जब, ईलाका प्रहरी कार्यालय टाँडी लग्यो तब, त्यहाँका तत्कालीन प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले मेरो नाम दिएछन् । उनले, थपे ( के, यहाँ प्रहरी डलर खेतीमा चल्ने हो ? होईन भने प्रहरी उपरीक्षक कुँवरलाई मात्रै थाहा भएको कुरा कसरी कार्यालय बाटै बाहिरीयो त ? उनले प्रश्न राख्दै भने, प्रहरीकै यस्तो हबिगत हुन्छ भने अरुको के होला भन्न सकिनँ उसो, त माथिल्लो निकायले नै गोपनीयता भंग गर्दै हिड्छन भने तल्लो स्तरले गोपनीयताको दुरुपयोग गर्दै हिड्दैनन् भन्न कहाँ सकिन्छ र ? उनैको कुरालाई आधार मान्ने हो भने, प्रहरी प्रधान कार्यालय नक्साल पनि सूचना चुहाउने मा माहिर छन् । प्रधान कार्यालयले पनि आफ्नु गुनासो सुन्न नचाहेको उनी सुनाउन्छन् ।

म निरन्तर कसरी हुन्छ , अपराध रहित समाज बनाउन भन्दै आफ्नु ज्यानको प्रवाह नै नगरी प्रहरी समक्ष उजुरी र गुनासो गर्छु तर, मेरो उजुरी र गुनासोलाई लिएर त्यहाँ र यहाँ का स्वयं प्रहरीहरु नै असन्तुष्टि रहेका छन्  । उन्ले भने, सबैलाई निर्देशन दिने स्वयं प्रहरी प्रधान कार्यालयले नै आफ्नु गोपनीयता भंग गर्न तल्लीन भएको बताए । उन्ले, भने मैले, करिब चार महिना अगाडि प्रहरी प्रधान कार्यालयमा एउटा उजुरी टिपाए । उजुरी टिपाउने क्रममा ती कर्मचारी सित मेरो सामान्य झगडा भयो । त्यहीँ रिसबी साध्न त्यहाँका प्रहरीले मेरो सूचना चुहाएको आरोप लगाए ।

आफुले गुनासो टिपाएको बारे चित्त बुझ्दो नभए म सित स्पष्टीकरण लिने पाउने स्पष्ट ब्याबस्था हुँदा हुँदै पनि ती प्रहरीले मेरो उजुरी नै सुन्न चाहेनन्  । उन्ले, भने सहानु भूति दिलाउनु त परै जाओस् चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक मधु नेपाललाई सम्पर्क गरि मलाई  कार्यालयमा झिकाउन सम्म निर्देशन दिनु भए छ । उन्ले, प्रश्न राख्दै भने यहाँका प्रहरीलाई गोपनीयताको अर्थ थाहा छ कि छैन ? मैले, चितवन प्रहरीले गुनासो गोप्य नराख्ने र भंग गर्ने चाल पाएपछि हरेक सूचना प्रहरी प्रधान कार्यालय नक्साल सितको साझेदारीमा त्यहाँ को पैसा नलाग्ने ट्रोल फ्री नम्बरमा गत, २०६८ साल देखि १६६००१४१५१६  मार्फत उजुरी टिपाउदै आएको थिए ।

तर, बिना मेरो स्वीकृतमा नाम पो भंग गर्दै हिडेछन् , उन्ले भने प्रहरीको यो मुर्खता नभए अरु के हो त ? ग्यासमा कृत्रिम अभाव भएको र कालोबजारी मा बेचेको बारे सप्रमाण प्रहरी प्रधान कार्यालयमा मैले गोप्य उजुरी गरे तर, त्यहाँ का प्रहरीले उजुरीको ख्यालै नगरी चितवन प्रहरी समक्ष सार्वजनिक गरेको प्रति उनी असन्तुष्टि छन् । चितवनका प्रहरीले गोपनीयताको ख्यालै नगर्ने भयले मैले प्रधान कार्यालय नक्सालमा टिपाउन्छु तर,उन्लाई, प्रहरी प्रधान कार्यालयका नाम नखुलेका एक प्रहरी नायब उपरीक्षकले गुनासो गरेकै कारण उनलाई झपारे मात्रै होईन टाँडी प्रहरीका प्रहरी निरीक्षक मधु नेपाललाई फोन गरेर कार्यालयमा झिकाउन सम्म निर्देशन दिए । यता, हाम्रो संक्षिप्त्त कुराकानीमा ईलाका प्रहरी कार्यालय  टाँडीका प्रहरी निरीक्षक मधु नेपालले भने, निजले प्रधान कार्यालयमा अत्याधिक फोन गर्ने भएकाले उनी माथि समग्र रूपले यथार्थ बुझ्न आफुलाई प्रहरी नायब उपरीक्षकले निर्देशन दिएको र आफुले सोही अनुरुप उनलाई कार्यालयमा झिकाएर आधा घण्टा  राम्रोसँग सम्झाएर पठाएको प्रहरी निरीक्षक नेपालले बताउनुभयो । निर्देशन दिने प्रहरी प्रमुखको नाम के हो भन्ने प्रश्नमा आफुले निजको नाम दिन नमिल्ने बताए ।

यता, पीडितले भने, प्रहरी निरीक्षक नेपालले माथिल्लो तहमा उजुरी गरेर तैले प्रहरीको बदनाम गर्छस,तलाईं अब, म के गर्छु हेरौंला भन्दै थर्काएको बताए । अब देखी त्यहाँ फोन नगर भन्दै अनावश्यक गाली गरेर पठाएको समेत उन्ले आरोप लगाएका छन् । उन्ले प्रश्न गरे, प्रहरी को लापरबाही बारे जिल्लाले नसुने पछी माथिल्लो निकायमा उजुरी गर्नु के, हाम्रो दायित्व होईन ? त्यस्तै, उन्ले आफ्नु गुनासो कसैले सुन्न नचाहेको समेत बताए । म प्रहरीको नियमित सुचना कर्ता हु । त्यसै अनुसार प्रहरीको दायित्व हो गोपनीयता राख्ने तर, यी र यस्ता ठग अनि भ्रष्ट नेपाल प्रहरी आफ्नु दायित्वहरुबाट किन पन्छिने गरेका छन् ? यस बारे जान्न आवश्यक रहेको उनी बताउँ छन् । उन्ले, प्रहरी कर्मचारीबाट भैरहेको अनावश्यक टिप्पणी र सूचना प्रवाहको गोपनीयता भंग बारे आफुले गृहमन्त्रालयमा उजुरी गरेको बताउदै प्रहरी संघसंगठन बारे अब बिश्वास गर्नुको कुनै तुक नरहेको बताए । तत्कालीन प्रमुख जिल्ला अधिकारी डा.मान बहादुर बिक सित सुरक्षाको प्रत्याभूति माग्दा समेत बेवास्ता गरेको उनले बताए ।

मैले, गुनासो गरे मध्य २५ प्रतिशत गुनासो सार्वजनिक गरेको प्रती उनी आक्रोशित छन् । यता, भर्खरै सरुवा भई चितवन आउनु भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक थापा ले प्रहरी संघसंगठनबाट त्यस्तो हुन नसक्ने जिकिर गरेका छन् । संक्षिप्त्त कुराकानी गर्दै उनले भने, यदी पीडित लाई त्यस्तै महशुस भएको भए आफुलाई सोको बारे जानकारी गराउन समेत आग्रह गरेका छन् । थापा ले भने, अघिल्ला दिनमा के भए मलाई थाहा भएन तर, म आएपछि त्यस्तो नभएको उनी बताउँछन् । प्रहरी उपरीक्षक थापाले भने, नागरिकको सूचना र नागरिक दुबै हाम्रा लागि अपरि हार्य छ ।

त्यसैले , प्रहरीबाटै सुचकको नाम अपराधी समक्ष सूचना दिनु न्याय संगत कदापि हुन सक्दैनन् । त्यस्ता सूचना चुहावट गर्ने ठगलाई निवेदन दिएको केही घन्टा मै कार्बाही गर्ने छु । थापाले भने, सुरक्षाको दृष्टि कोणले स्वयं सूचनाकर्ता पनि सचेत हुनुपर्छ । उनले, जिल्लामा केही घट्ना भए र हुन लागे सोको बारे आफ्नु (९८५५०१५५५५) र जिल्लाका प्रजिअ नारायण प्रसाद भट्टको (९८५५०१७७७७) मार्फत मात्रै गोप्य रूपमा खबर गर्न समेत अपिल गरेका छन्  । (सूचनाकर्ता चितवन रत्ननगर कै रहेकोले उनैको आग्रहमा नाम गोप्य राखिएको छ )