सक्कली सुन देखाउदै नक्कली कारोबार गर्ने प्रहरी खोरमा

चितवन । सक्कली सुनको सिक्का देखाई सर्बसाधरण व्यक्तिहरुलाई सस्तोमा सक्कली सुन दिने भनी प्रलोभनमा पारी ठगी गर्ने व्यक्तिहरु प्रहरीको खोरमा पुगेका छन् ।
गत् पौंष २० गते देखी नारायणगढ स्थित लायन्सचोकमा रहेको  रेवा होटलमा वस्दै आएका उद्धव पौडेल र लम्जुङ्ग भरते होटल पोखरा बसपार्कमा १ महिना अघि देखि बस्दै आएका विरबहादुर तामाङले आफुहरुसँग सुनको पार्टी छ भन्दै विभिन्न व्यक्तिहरुलाई प्रभावमा पारेर ठगी गर्दै आएको  चितवन प्रहरीले जनाएको छ ।
पौडेल र तामाङले बार्गेर््िनङ गरी कारोवारका लागि भन्दै भरतपुर–१० चौविसकोठीबाट केही अगाडी एकान्त ठाउँमा कारोवारको नाममा  ठगी गर्नै लाग्दा उनीहरु प्रक्राउ परेका थिए ।  जिल्ला प्रहरी कार्यालय चितवनको बिशेष टोलीले बिरेन्द्र क्याम्पस चोकबाट ३ जना लाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको बताएको छ ।
सोहि क्रममा पक्राउ परेका धनपति भट्टराईको समुहले समेत अर्को पार्टीलाई १ तोला सक्कली सुन देखाए ठगी गर्दै आएको खुलेको छ । यी समूहले पहिलो पटक सक्कली सुनको कारोवार गरी पार्टीलाई विश्वास दिलाउने र दोश्रा पटक नक्कली सुन कारोवार गर्ने वा एकान्तमा कारोवार गर्ने भनि अर्को पार्टीलाई झुक्याई सक्कली पैसा र नक्कली पैसा भ्हअजबलनभ गरी ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कनूनी प्रकृयामा बढाई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै,  यस्ता गिरोहहरुले विभिन्न किसिमको आर्थिक प्रलोभन देखाई  ठगी गरी भाग्न उम्कन सक्ने देखिएको हुँदा यस्ता अपराधिक व्यक्तिबाट सजग रहन र शंका लागेमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा तत्काल सुचना प्रदान गरिदिनु हुन समेत सर्बसाधरणमा चितवन प्रहरीले अपिल गरेको छ ।