Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

    काठमाडौं/अखिल नेपाल सुकुम्बासी संघले पूर्वपश्चिम राजमार्ग ५ घण्टाका लागि चक्का जामको घोषणा गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि वैशाख ३१ गते विहान ५ बजेदेखि १० बजेसम्मको लागि चक्का जामको घोषणा गरेको जनाएको छ । नेपाली कम्युनिस्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले भोलि ५ घण्टाका लागि घोषित…

    Read More
  • विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

    काठमाडौँ/प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रम टेबुल गर्नुपर्ने अडान उनीहरुको छ। बैठक दुईपल्ट बसिसकेको छ तर बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। सभामुखले बारम्बार बस्न आग्रह गरिरहेका छन्। विपक्षी सांसदहरु उभिनै रहेका छन्। बीचबीचमा हाँसो र घोचपेच पनि जारी छ। सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुनेछ । बैठकले प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

    Read More
  • प्रचण्डको प्रश्न :बन्दूकले ढोका नखोलिदिएको भए कसरी मन्त्री बन्नुहुन्थ्यो ?

    काठमाडौं/नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए । उनले भने,‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भएपनि…

    Read More
  • ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    काठमाडौँ/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकोे बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनकोे नारायणी नमुना मावि फेरी अब्बल,एसईईमा ३७ जनाले ल्याए ४ जिपिए

    भरतपुर/राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चितवनको नारायणी नमुना माविले यसबर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । नारायणीका ३७ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । ३८० जनाले एसईई दिएकोमा ३७ जनाले ४ जिपिए ल्याएको नारायणी नमुना माविका प्रअ रामशरण दुवाडीले जानकारी दिनुभयो । गतबर्ष ७ जनाले…

    Read More
  • पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराइने

    काठमाडौं/सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने जानकारी दिए । त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्ड अनुसार विकास गरिने पनि उनले बताए । उनले भने,‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन…

    Read More
  • लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

    लिस्बन,(पोर्चुगल)/नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘सञ्चारमाध्यम’ बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गर्नुभएको छ ।शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शर्माले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अङ्कुश लगाउन…

    Read More
  • राष्ट्रिय

    दुई दिनभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

    काठमाडौं/परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५…

    Read More
  • मुख्य पृष्ठ

    चितवनमा बढी धुवाँ फाल्ने ५४ सवारी साधनलाई कारबाही

    चितवन/जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी साधनको प्रदूषण परीक्षण तथा चेकजाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने ५४ वटा सवारी साधनलाई कारबाही गरिएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभाग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबाट संयुक्त रूपमा खटिएको टोलीले वैशाख २४ र २५ गते सञ्चालन गरेको चेकजाँच अभियानमा १७३ वटा सवारी साधन परीक्षण गरेको…

    Read More