शहरी विकासमन्त्री झाँक्रीले पदबाट राजीनामा दिँदै

काठमाण्डौं/शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।
राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।