पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।