तोपे खोलाको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन/चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिरो हटाएपछि राति १ः३० बजे बाटनै सडक खुलेको हो ।
गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसेपछि बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।