भोलिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज लगाइदै

काठमाण्डौ/भालिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज लगाइने भएको छ । शुक्रबारदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।