देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने सम्भावना

काठमाण्डौ/देशका पहाडी क्षेत्रका धेरै ठाउँमा आज पनि सिमसिम पानी पर्ने सम्भावना रहेको छ ।
आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसो केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने मौसविद् शान्ति कँडेलले बताउनुभयो ।अहिले प्रदेश–१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

यस्तै, राति पनि देशका एकरदुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।