देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

काठमाण्डौं/सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द  गर्न सिफारिस गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।
बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।