आज मौसम सामान्यतया सफा रहने

काठमाण्डौं/आज पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
अहिले पानी पार्ने वा हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने वा भारी हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर स्थानीय वायुको प्रभावले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक÷दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भुभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।