गर्भावस्थाको पहिलो त्रैमासिकपछि सबै गर्भवतिलाई कोरोना खोप लगाउने

काठमाण्डौं/गर्भावस्थाको पहिलो त्रैमासिक पछि सबै गर्भवतिहरूलाई कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी गर्भवतीहरू कोरोना महामारीको उच्च जोखिममा रहेकाले पहिलो त्रैमासिक पछि नै खोप लगाउन भनेको हो ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेभन्दा निको हुने दर कम रहेको छ ।