भीमबहादुर मृत्यु प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै चितवनमा दलित अगुवाहरुको प्रर्दशन

चितवन/भरतपुर महानगरपालिका–४, चितवनका भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बनेका छन् ।
छिमेकीको कुटपिटबाट दलित समुदायको एक व्यक्तिको मृत्यु भएको भन्दै दलित अगुवाहरु आन्दोलित भएका हुन् ।

छिमेकी सीताराम बस्नेत र दीलिप श्रेष्ठले कुटपिट गर्दा ५८ वर्षीय भीमबहादुरको मृत्यु भएको थियो । सोही विषयलाई लिएर दलित अगुवाहरु आन्दोलित भएका हुन् । उनीहरुले भीमबहादुर विक संयुक्त न्यायिक संघर्ष समिति नै गठन गरी आन्दोलनमा होमिएका हुन् । समितिले आज (बुधबार) भरतपुरमा प्रदर्शन गरेको छ ।
भरतपुरको चौविसकोठीबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । समितिले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र समेत बुझाएको छ । अधिवक्ता जीवनज्योति सो ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङलाई दोषीलाई कानुन अनुसार नै कारवाही हुने प्रतिवद्धता जनाए । घटना भएको छोटो समयमै दोषीलाई पक्राउ गरि सकिएको जानकारी दिँदै पीडितलाई न्याय दिलाउने विश्वास दिलाए ।
घटनामा संलग्न बस्नेत र श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् । उनीहरुमाथि अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।