देशभर पछिल्लो २४ घन्टा १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं / देशभर पछिल्लो २४ घन्टामा १ हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ६ हजार ७५३ आरटी पिसिआर र ३ हजार १२२ एन्टिजेन गरी कुल ९ हजार ८७५ जनामा परीक्षण गर्दा १ हजार २६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ । निको हुने दर ९४।५ प्रतिशत छ ।

देशभर पछिल्लो २४ घन्टामा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ८ सय १८ पुगेको छ ।