भन्सार छलेर ल्याएको ७५ लाख मूल्यको औषधि बरामद

जनकपुरधाम / भारतीय बजारबाट भन्सार छलेर ल्याएको ७५ लाख रुपैयाँभन्दा बढीको औषधि प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए । उक्त अटोमा खानतलासी गर्दा अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद भएको प्रहरीले जनाएको छ ।
औषधीहरू रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ । उक्त औषधीहरु ७५ लाख ५६ हजार ८०० बराबरको रहेको छ ।