नेकपा चितवनले बाँड्यो सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री।

चितवन/वडा प्रहरी कार्यलय नारायणगढ र ईलाका प्रहरी कार्यलय फुलवारिमा माग भए वमाेजिम नेपाल कम्युनिस्ट पार्टी चितवनले स्वास्थ समाग्रि हस्तान्तरण गरेको छ । आज बिहान चितवनको दुई प्रहरी चौकी मा उक्त समाग्रि हस्तान्तरण गरेको हो ।

वडा प्रहरी कार्यलय नारायणगढ र ईलाका प्रहरी कार्यलय फुलबारी मा नेकपाले स्वास्थ सामग्री वितरण गरेको हो । वडा प्रहरी कार्यलययका प्रमुख रघु सिंह विष्ट र ईलाका प्रहरी कार्यलय फुलवारिका प्रमुख देवराज पाैडेलले उक्त सामग्री वुझ्नु भएकाे थियाे ।

उक्त हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज क. सन्देश ,भूतपुर्व सेक्रेटरी क.धुर्व खड्का , अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष क. रुद्र भट्टराई र पार्टीका जिल्ला सदस्य क.माेहनराज काफ्ले काे उपस्थिति रहेको थियाे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज क.संदेश ले महामारीमा अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षा कर्मिलाइ उच्च मनाेवल वडाउन अपिल गर्नु भयाे ।

समाग्रि उपलव्ध गराउन सहयाेग पुर्याउने हाल अमेरिका रहनु भएका श्री माधव पाैडेल ,श्रीमती श्वता थापा , श्री ठाकुर पाैडेल , श्री मनाेज वली , श्री माेहन राज काफ्लेलाई विशेष धन्यवाद समेत दिनुभयको थियो ।