गैडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु 

 

जेठ १५, चितवन ।   चितवनमा गैडाको आक्रमण बाट एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा कालिका नगरपालिका १ गडुवा घर भएकी ५५ बर्षिय तेज कुमारी सुनुवारको मृत्यु भएको हो।

वडा नं १ गडुवा स्थित चर्तुमुखी सामुदायिक वन मा आज विहान करिव ११ बजे घास काट्न गएकी उनको  गैडाको आक्रमण बाट मृत्यु भएको सामुदायिक वन समुहका अध्यक्ष्य गंगा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।