चितवनको कालिका नगरपालिकामा नेकपा प्रबेश गर्नेको लर्को

एकैदिन १ सय ५० जना भन्दा बढीले गरे पार्टी प्रवेश

सुर्य बराल । चितवन । चितवनको कालिका नगरपालिकामा नेकपा प्रबेश गर्नेहरुको लर्को नै लागेको देखिएको छ । हिजो सोमबार नेकपाका केन्द्रिय सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाको समुपस्थितीमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा कालिका नगर कमिटीको आयोजनामा खोलेसिमल बजारस्थित एक पार्टी प्यालेसमा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा १५० भन्दा बढी नेकपा प्रबेश गरेका हुन् । नेकपा नगर कमिटी अध्यक्ष सविता लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले नबआगन्तुकहरुलाई खादा र अबिर लगाई नेकपामा स्वागत गरेका थिए ।
नगर इन्चार्ज जयचन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाली काँग्रेस लगाएतका विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना भन्दा बढी नेकपामा प्रवेश गरेका थिए ।