प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा : विपक्षमा ३ सांसद मात्र

हेटौँडा । प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा गरिएको छ । आज आइतबार बसेको ३ नं.प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा १०५ मत परेको थियो भने विपक्षमा ३ मत मात्र खसेको थियो । प्रदेशसभाका कुल ११० सांसदमध्ये प्रस्तावमाथि मतविभाजन हुँदा बैठकमा १०८ सांसद उपस्थित थिए । प्रदेशसभाको दुई तिहाई मतले प्रदेशको नाम र स्थायी राजधानी कायम गर्ने संवैधानिक प्रावधान अनुसार नैं घोषणा गएिको हो।

सभामुख सानुकुमार श्रेष्ठले राजधानी हेटौँडा हुनुपर्छ भन्ने प्रस्तावको पक्षमा बैठकमा कायम कुल सदस्यको दुई तिहाई मत रहेकाले उक्त प्रस्ताव दुई तिहाईले पारित भएको घोषणा गरे ।