प्रथम ठोरी हात्ती र तथा जिप सफारी महोत्सव शुरु


पर्साको ठोरीमा प्रथम ठोरी हात्ती र तथाजिप सफारी महोत्सव शुरु भएको छ । ठोरी गाउँपालिका ५ सुवर्णपुरको गढवालाईनमाआज (शुक्रबार) बाट महोत्सव शुरु भएको हो ।
महोत्सवको पूर्वमन्त्री नागेन्द्र चौधरीले आँपको रुख रोपेर उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै चौधरीले पर्यटकिय स्थलको सम्भावना बोकैको ठोरीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान र प्रचार प्रसार गर्न जोड गरे । उनले महोत्सवको माध्यमबाट ठोरीका पर्यटकिय स्थलहरुको प्रचार हुने र यसले ठोरीकै बिकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उद्घाटन अघी बिभिन्न संघ संस्था तथा बिद्यालयहरुले झाँकी सहिर्तयाली निकालेका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले पर्यटन वर्षलाई मध्यनजर गर्दै निकुञ्जभित्र विभिन्न कार्यक्रम संचालन गरिने बताए । महोत्सवअवलोकन गर्न आउने पर्यटकहरुलाई हात्ती र जीप सफारीको व्यवस्था गरिने उनले बताए ।
हात्ती र जीप सफारी गर्दै पर्यटकहरुले पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेकावन्यजन्तुको अवलोकनगर्न सकिने गाउँपालिकाकाअध्यक्ष पदमलाल श्रेष्ठले बताए । महोत्सव स्थल वरपर करिब एक घण्टे हात्ती र जीप सफारी गर्न सकिने उनले बताए । सफारीकै क्रममा पर्यटकहरुले महोत्सव स्थलबाट ३० किलोमिटर पुर्व–उत्तरमा रहेको दुग्देश्वर महादेव मन्दिरको दर्शन गर्न सक्ने उनले बताए ।
हात्ती सफारीको लागि नेपाली नागरिकको हकमा रु ६ सय र विदेशी नागरिकको हकमा रु ११ सय शुल्क तोकिएको छ । यस्तै जीप सफारीका लागि प्रती व्यक्ती ११ सय शुल्क तोकिएको उनले बताए । महोत्सवमा आउने पर्यटकहरु ठोरीको प्राकृतिक सौन्दर्यतासँग रमाउन सक्ने उनले बताए । महोत्सवमा स्थानिय उत्पादन तथा खानाका परिकारहरुको स्टल पनि रहने आयोजकले जनाएको छ ।
महोत्सवको करिब ५० हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको ठोरी ५ का वडा अध्यक्ष रामबहादुर पाख्रिनले बताए । महोत्सवको नेपालसँगै भारतीय पर्यटकहरुले अवलोकन गर्ने उनले बताए । महोत्सवमा आउने पर्यटकहरुलाई बस्नको लागि होम स्टेहरु रहेको उनले बताए । ठोरीको सुवर्णपुर र तीनघरेमा होम स्टे सञ्चालनमा छन् । महोत्सव सम्पन्न गर्नका लागि २० लाख खर्च हुने अनुमान गरिएको उनले बताए । जसका लागि गाउँपालिकाकाले १२ लाख बिनियोजन गरेको छ । अपुग हुने रकम पनि गाउँपालिकाकाले नै व्यवस्था गर्ने पाख्रिनले बताए ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० सफल पार्नका लागि ठोरी गाउँपालिकाको आयोजनामा ठोरीमा पहिलो पटक हात्ती महोत्सवआयोजना लागेको हो । महोत्सवको माध्यमबाट पर्यटकिय सम्भावना बोकेका ठोरीको बिभिन्न क्षेत्रको प्रचार प्रसारमा टेवापुग्ने आयोजकको विश्वास रहेको छ ।