आज चितवनमा लगातार सडक दुर्घटना : दुर्घटनामा परी दर्जनौ घाइते

चितवन/चितवनमा केही दिन यता लगातार दैनिक दुघटना बढीरहेको छ । बिगत २४ घण्टामा चितवनमा चारवटा सडक दुर्घटना भएको हो । गएराती १०ः४५ बजे पूर्वी चितवनको रत्ननगर–२, टाँडी स्थित महेन्द्र राजमार्गमा बाराबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ४७५५ नं. को बस आँफै अनियन्त्रित भई बस पल्टिएको थियो । र्दुघटनाग्रस्त बसमा सवार ४२ जना मध्ये करिब १७ जना घाईते भई बिभिन्न अस्पताल लगिएको ईलाका प्रहरी कार्यलय टांडीले जानकारी दिएको छ ।
त्यस्तै, आज बिहाननै पूर्वी चितवनको राप्ती न.पा. ६ हर्दीमा बस पल्टिएको छ । बिहान करिब ११ः४५ को समयमा हर्दीमा बस दुर्घटनामा परेको हो । बिरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं. को बस आँफै अनियन्त्रित भई पल्टिदा उक्त बसमा सवार २३ जना मध्य १३ जना घाइतेलाई अस्पताल पठाईएको चितवन प्रहरीले जानकारी दिएको छ ।
यसैगरी आज बिहान ईच्छाकामना गा.पा. ४ कुरीनटारमा भएको दुर्घटनामा ७ जना घाईते भएका छन् । फिस्लिङबाट मुग्लिङ तर्फ आउदै गरेको ना १ ज ८३२८ नम्बरको म्याजिक र विपरीत दिशाबाट जादै गरेको बा २१ च ३०३९ नं. को स्कारपियो र सो दिशाबाट आउदै गरेको बा६च ८३४५ नं.को स्कारपियो र ना १ ज ८००५ नं को म्याजिक एक आपसमा ठक्कर खाँदा ७ जना सामान्य घाईते भएकोमा उपचारको लागि भरतपुर अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ ।
आज दिउसो १२:४५ बजे चितवनको इच्छाकामनामा फेरी अर्को दुर्घटना भएको छ । चितवनको इच्छाकामना ४ कुरिनटारमा काठमाडौंबाट बुटवल तर्फ गईरहेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित आँफै पल्टिदा ११ जना घाइते भएका छन् । जिल्लामा लगातार भएका दुर्घटनामा परी दर्जनौं यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।