चितवन हात्ती महोत्सव पौष १० देखि : नेकपाका अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने

चितवन/मुलुकको तेश्रो पर्यटकीय गन्तब्य चितवनको पर्यटकयी नगरी सौराहामा १६ औँ हात्ती महोत्सव हुने भएको छ । यस वर्ष पनि पौष १० देखि महोत्सवको आयोजना गरेको भएको हो ।
महोत्सवको बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रिय होटल संघ सौराहा चितवनका अध्यक्ष दिपक भट्टराईले यस वर्ष महोत्सवमा केहि फरक पनको अनुभुति हुने जानकारी दिए ।
१६ औँ हात्ती महोत्सवको उद्धघाटन पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्वर ३ का जनप्रतिनिधि समेत रहेका पुष्पकमल दाहाला प्रचण्डले गर्ने र महोत्सवको समापन प्रदेश नम्वर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्ने संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा हात्ती महोत्सवका संयोजक एव संघका वरिष्ठ उपाध्यक्ष राममणी खनालले महोत्सवको वारेमा जानकारी दिदै भने
पर्यटन वर्षलाई मध्यनजर गरि यस वर्ष महोत्सवको समयवादी थप गर्ने तयारि भएको छ ।
पर्यटन वर्षलाई प्रदेश सरकारले हात्तीपोलोलाई आफ्नो खेलको तालिकामा राखेको र मुख्य मन्त्री डोरमणी पौडेलको आग्रहमा समय थप गरेको उखनालले जानकारी दिए ।
१६ औँ संस्करण हात्ती महोत्सव आगामी पौष १० देखि १६ देखि सम्म आयोजना गर्न लागिएको महोत्सवका प्रवक्ता समेत रहेका वरिष्ठ उपाध्यक्ष खनालले जानकारी दिए ।
स्थापना काल देखि आयोजना हुदैँ आएको हात्ती दौड प्रतियोगितालाई गएको तीन बर्ष देखि परिमाजित गर्दै ईलाफेन्ट फाष्ट वाक को रmपमा परिष्कृत गरिएको सह संयोजक ऋषि तिवारीले जानकारी दिए ।
यस्तै जंगल र जंगली जनावर राष्ट्रका साझा सम्पति भएकाले तिनिहरmको संरक्षण गर्नु दायित्व रहेको र हात्ती विना यस महोत्सव असम्भव रहेको तिवारीको भनाई छ।