चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

घुमुवा प्रहरीको असुली धन्दा अझै रोकिएन ।

चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक पनि ग¥यो । सबैतिर प्रहरी कार्बाहीको वाहा वाहा पनि भयो । प्रहरीले थकाली भान्छा घरमा कार्वाही गरेर जे जति रकम सार्वजनिक ग¥यो त्यो जुवाखालको रकम भन्दा आधा जति मात्र भएको स्वंय कार्वाहीमा सामेल प्रहरीहरुले आशांका ब्यक्त गरेका छन् । भण्डाफोरलाई प्रहरीको एक गोप्य श्रोतले दिएको जानकारी अनुसार कार्बाहीमा संलग्न प्रहरीहरु र अन्य केही प्रहरी हाकिमको मिली भगतमा कार्वाहीबाट प्राप्त वास्तविक रकम भन्दा धेरै कम रकम पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । कार्बाहीमा संलग्न घुमुवा प्रहरीहरुले गाडिको सिटमुनी र कतिपयले जुत्ताको मोजा र खल्तीमा समेत रकम लुकाएको श्रोतले जानकारी दिएको छ ।
श्रोत अगाडि थप्छ थकाली भान्छाघरमा कार्वाही गरि सकेपछि बोरामा, गोजीमा र कतिपयले जुत्ताको मोजामा समेत पैसा राखेका थिए । कन्ट्रोल रुममा गई रकम जम्मा गराउँदा केही प्रहरीले आफु सँग भएको रकम दिन नमान्दा प्रहरीहरुले बोराको अलवा खल्ती मोजा र गाडिको सिटमुनी समेत रकम लुकाएको खुल्नमा आएको श्रोतको दाबी छ । श्रोत भन्छ त्यस दिनको राती कन्ट्रोल रुमको सि.सि. क्यामारा मात्र हेरे थाहा हुन्छ । घटनाको बास्तिवकता के हो भन्ने आम मानिसले समेत बुझ्न सक्छ । श्रोतले दिएको जानकारी अनुसार राई हवल्दार र जुवा खाल कार्वाहीका कमाण्डर प्रहरी सई  बैजनाथ दास विच भनाभनको स्थिति सिर्जना भएको थियो । पछि राईले आफ्नो गोजीमा रहेको रकम निकालेर बुझाएपनि सइर्, असईले चाही रकम लुकाउन हुने मैले चाही अतिकति राख्न नहुने भन्दै चित्त दुखाएको चितवन प्रहरी निकट विश्वस्त श्रोतले जानकारी दिएको छ । हुन त थकाली भान्छाघर त्यही जुवा घर हो जसबारे ६ महिना अगाडी नै भण्डाफोरले प्रहरीको संरक्षणमा जुवा मौलाईरहेको सार्बजनिक गरेको थियो ।    त्यस्तै, गत असारमा पनि भण्डाफोर अभियानले भरतपुरमा जुवाखाल, प्रहरीले हप्ता असुली गर्दै भन्ने शिर्षकमा समाचार सम्पेषण गरेको थियो ।
उक्त जुवाखालबाट तत्कालिन घुमुवा प्रहरी हवल्दार राम प्रवेश (रामविश्वास) यादवले मासिक एक लाखे असुलि गरी प्रहरी हाकिमहरुलाई बुझाउने गर्दथे जसको बारे हामीले यस अघि समाचार सम्प्रेषण गराई हवल्दार यादवलाई कार्वाही समेत गराउन सफल भएका थियौ । प्रहरी सेटिङ्गमा रहेको त्यही जुवा खालमा गत बुधबार प्रहरीले छापामारी २१ जना लाई पक्राउ त ग¥यो तर त्यस कार्बाही भित्रको रहस्य अझै रहस्यमै छ । प्रहरीले उक्त जुवाखालबाट २५ लाख भन्दा बढी रकम जफत गरेपनि आदा रकम मात्र सार्बजनिक गरेको आशांका शुरुमै भएपनि अहिले त्यस्को पुष्टि हुदै जान थालेको छ । घोटला काण्डको दिन प्रति दिन थप रहस्योद्घाटन भईरहेको छ । प्रहरी गईसकेपछि नारायणगढका केही नामुद जुवाडेहरु उम्कनु र कार्वाहीबाट प्राप्त सम्पूर्ण रकम सार्वजनिक नभएको खुलासा भए सँगै चितवन प्रहरीको कार्यशैली र प्रवृती प्रति थप प्रश्न चिन्ह खडा भएको छ । सो जुवाखालमा संग्लन केही व्यक्तिहरुसंग भण्डाफोरले अनुसन्धान गर्दा प्रहरीले रकम लुकाएको विषय थप उदघाटित भएको हो । उक्त खालमा जुवा हेरिरहेका एक व्यक्तिका अनुसार प्रत्यक जुवाडेसँग रु एक लाख भन्दा बढी रकम थियो, २१ जना पक्राउ परे अब तपाई आफै भन्नुस् न के प्रहरीले जुवाखालको सबै रकम राजस्वमा बुझायो त ? ति व्यक्तिले भने जस्तै जुवाखालको रकम प्रहरीले लुकाएको धेरै आधारहरु देखिन्छन । तर यता, चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले बाहिर आएको हल्ला सत्य नभएको भन्दै घुमुवा प्रहरीहरुको बचाउ गरेका छन् । भण्डाफोर सँग कुरा गर्दै थापाले त्यस्तो होइन हामीले काउण्ट गरेर रकम जम्मा गराएका छौ त्यस्तो कसैले गर्नै सक्र्दैन उनले भने । कन्ट्रोल को सि.सि. क्यामारामा समेत विवाद कैद छ नि त त्यो के हो भन्दा थापाले त्यस विषयमा भने जवाफ नदिई त्यस्तो होइन मात्र भनेर टारे । के थापा ले उक्त घोटला काण्ड सार्बजनिक गर्न सक्छन ? यस विषयमा छानविन गराउन सक्छन ? यसर्थ सो जुवा कार्वाहीबाट कति रकम जफत गरिएको हो यस विषयमा थप छानविन र घोटला काण्डमा संलग्नहरुलाई कार्बाही नहुने हो भने चितवन प्रहरीका घुमुवाहरुको मात्र होइन पुरै संगठन बदनाम हुने अवस्था आउन सक्छ । प्रहरी बर्दिधारी लाईसेन्स प्राप्त अबैध असुली गर्नेहरु भन्दा कदाचित कम हुन सक्दैनन । यस तर्फ चितवन प्रहरी मात्र होइन नेपाल प्रहरीको केन्द्रिय तहका बरिष्ठ प्रहरी अधिकारीहरु गम्भीर हुन आवश्यक छ । प्रहरी प्रमुख प्रकाश अर्याल र गृहमन्त्रि जर्नादन शर्मा समेत यस्ता भ्रष्ट प्रहरीहरुको कारण बदनाम बन्दै जाने स्थिती देखिन्छ । हेरौ जुवा खालको भागबण्डा कहाँसम्म पुगेको रहेछ त्यो आगामी दिनले नै देखाउछ । स्मरण रहोस् गत बर्षको दिपावलीको दिन यस्तै जुवाखालबाट प्रहरीले छापामारी केही जुवाडेलाई पक्राउ गरी ५६ हजार राजस्वमा बुझाई पर्साका व्यापारी मगरा महतोको ९१ हजार  रुपँया लुकाएका थिए, पछि भण्डाफोरले सो रकम सम्बन्धित ब्यक्ति महतोलाई फिर्ता गराएको थियो । त्यो घटनामा सामेल बदनाम असई जितेन्द्र धामी लगाएतका घुमुवाहरु थकाली भान्छाघरको कार्बाहीमा रहनुले पनि प्रहरीले रकम लुकाएको हुनसक्ने देखिन्छ । यधपी माथीसम्मको सेटिङ्ग र मिलिभगत बिना सामन्यस्तरका प्रहरीले मात्र त्यत्रो रकम कसरी झ्वाम पार्न सक्छन र ? यस्को पर्दा बिस्तारै आगामी दिनमा खुल्दै जाने नै छ ।