वेश्यावृतीको अखडा बन्दै गैडाकोट

प्रहरी नैं सेटिड्डमा भएपछि लागोस् के को डर !


चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको सुरक्षा क्षेत्रभित्र पर्ने यी स्थानमा दिनदहाडै  बेश्यावृती मौलाईरहेपनि प्रहरी प्रशासन तमासे बस्न थालेपछि चितवन, नवलपरासी, तनँहु र रुपन्देही जिल्लाका जुवाडेका साथै वेश्यावृती गर्नेहरुले समेत गैंडाकोटलाई सुरक्षित स्थानको रुपमा लिने गरेका हुन् । ती स्थानका पेशेवर जुवाडे र वेश्यावृती धन्दामा लाग्नेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमा लिई आश्रयस्थल बनाउन शुरु गरेसँगैं यस क्षेत्रमा जुवातास र वेश्यावृती ह्वात्तै बढेको हो । भण्डाफोरलाई प्राप्त एक विश्वस्त श्रोतले दिएको जानकारी अनुसार गैडाकोटको थुम्सी र राजमार्ग छेउछाउका केही होटलहरुमा दैनिक जसो जुवाखाल र वेश्यावृती हुने गर्दछ । श्रोत थप्छ कतिपय होटल तथा कटेजहरुमा होटल वालाले नै सेन्ट्री राखी जुवाखाल चलाईरहेका छन् । जुवाखाल मात्रै हाईन त्यहि र अन्य कतिपय  होटलहरुमा वेश्यावृती पनि हुन्छ, ग्राहक हेरी डिल हुन्छ २०००, ३०००, ५००० र १०,००० मा केटी मिलाउने काम स्वंय होटल वाला वा उनका कर्मचारीले गर्छन । श्रोत अगाडी  थप्छ विषेश गरी भारतीय नागरिक, अन्य जिल्लाका बासिन्दा र ट्रकवालाहरु ती होटलहरुमा गा्रहकको रुपमा आउने गर्छन् । गैडाकोट क्षेत्रमा जुवातास र वेश्यावृती बढिरहेको आम गुनासो आईरहेको भएपनि गैडाकोट प्रहरी भने मुकदर्शक बनेर बसिरहेको देखिन्छ । इलाका प्रहरी कार्यालय गैडाकोटमा गत ३ महिनायता कार्यालय प्रमुख नहुँदाको कारण यस क्षेत्रमा बेथिति बढेको स्वंय स्थानियहरु नै बताउँछन् । यता, इलाका प्रहरी कार्यालय गैडाकोटका कार्यलय प्रमुख प्रहरी सहायक निरिक्षक देवराज गौतमले भने आफुहरुले जुवातास र वेश्यावृती नियन्त्रण गरिसकेको जिकिर गर्छन् । तर भण्डाफोरलाई प्राप्त एक विश्वस्त श्रोतले दिएको सुचना अनुसार कार्यलयकै घुमुवा प्रहरी बिजय यादवले ति जुवातास र वेश्यावृतीका अखडाहरुबाट लाखौ रकम उठाउने गरेकाले प्रहरीले ति स्थानमा छापा मारी कार्बाही गर्नुको सट्टा संरक्षण प्रदान गरेको हो । श्रोतका अनुसार जिल्लाका पहिलेका एसपी राजेन्द्र चौधरीले यादवलाई यस क्षेत्रमा असुलीकै लागी खटाएको बुझिन आएको छ ।  जिल्लामा नयाँ एसपी आएपनि यादवलाई  भने झन मस्ती भएको प्रहरी श्रोत नै बताउछ । श्रोतका अनुसार बिजय यादवले गैडाकोट देखि जिल्ला सम्मका प्रहरी हाकिमहरुलाई खुसी बनाएकै कारण उनलाई कसैले केही गर्न नसकेको हो । जुवातास र वेश्यावृतीका अखडाहरुबाट यादवले उठाएको रकम मासिक रुपमै माथिसम्म पु¥याउने गरेको कारण यादवलाई कसैले कार्बाही गर्न नसकेको श्रोतको दावी छ । त्यसकारण गैडाकोट क्षेत्रमा जुवातास र वेश्यावृती  मौलाईरहेको हो, श्रोतले थप्यो । प्रहरीलाई सबै कुरा थाहा छ, खै किन कार्बाही गर्दैन त् एक स्थानियले भने । के जुवातास र वेश्यावृती  गराउनेहरुले माथीसम्म सेटिड्ड मिलाएकै आधारमा गैडाकोट क्षेत्र उनिहरुको लागी सुरक्षित स्थल बनेको हो त ? गम्भीर प्रश्नचिन्ह खडा भएको छ । हैन भने खै त् खुलेआम जुवातास र वेश्यावृती  मौलाईरहदा प्रहरी प्रशासन किन तमासे बसिरहेको छ ?