अन्ततः घुमुवा प्रहरी यादव कार्बाहीमा

चितवन÷गैडाकोट प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी विजय यादव अन्तत  कार्बाहीमा परेका यादवको असुली धन्दाको बारेमा भण्डाफोरले निरन्तर उजागर गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ४ नंं प्रदेश प्रहरी कार्यालय पोखराले यादवलाई कार्वाही गरेको हो । प्रहरी निकट स्रोतका अनुसार यादवलाई गत असोज १० मा स्पष्टीकरण पत्र पठाईएकोमा यादवले १६ गते त्यसको जवाफ फर्काका थिए । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि यादवलाई प्रदेश कार्यालयले कार्यालय अन्र्ततग रहने  गरी पोखरा तानेको स्रोतले जानकारी दिएको छ । यादवले गैडाकोट क्षेत्रका होटल, लज तथा जुवा खालहरुबाट हप्ता असुली गरेको विषयमा भण्डाफोर निरन्तर समाचार प्रवाह गरेपछि यादवलाई यस अघि जिल्ला प्रहरी कार्यालय पारासीले समेत मौखिक स्पष्टीकरण र पेशागत मयार्दामा रहन कडा चेतावनी दिएको प्रहरी स्रोतले बताएको छ । कार्यालयको निर्देशनलाई अटेर गर्दे गैडाकोट क्षेत्रका भट्टी पसल होटल,  लज, रेष्टुरेण्ट देखी कवाडी पसल सम्म उनले असुलीको उत्पात मच्चाएका थिए । यादव कै संरक्षणमा गैडाकोट क्षेत्रमा जुवातास र वेश्यावृती मौलाउदै गएको विषयमा भण्डाफोर अभियानले यस अघि पटक–पटक समाचार सम्प्रेण गरेको थियो । समाचार सम्प्रेषण भए सँगै एकातिर पत्रकारलाई मिलाईदिन प¥यो भन्दै वार्गेनि· गर्दै हिडेका यादवले अर्को तर्फ यस्ता झारे झुरे पत्रिकामा लेखेर केही फरक नपर्ने , यस्ता झारे झुरे पत्रिकामा समाचार आएर आफूलाई केही फरक नपर्ने भन्दै ध्वास दिदै हिडेका थिए  । ग्रेड रोक्का सहित प्रहरी प्रदेश ४ नं. कार्यालयमा तानिएका यादवलाई सम्र्पक गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यसै बिच यस विषयमा प्रदेश प्रहरी प्रमुख सँग बुझ्दा उनले यादवले गैरव्यवसायिक कार्य गरेकाले उनी माथी कार्बाहीको प्रक्रिया अगाडी बढाईएको बताए ।
गैडाकोट प्रहरी कार्यालय प्रमुख विहिन
यता इलाका प्रहरी कार्यालय गैडाकोट लामो समय देखी कार्यालय प्रमुख विहिन अवस्थामा रहेको छ । गत असारको पहिलो हप्ताबाट कार्यालय प्रमुख विहिन बनेकोे गैडाकोट प्रहरी नायव निरिक्षककै भरमा चलिरहेको छ । कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक रहने भएपनि सो कार्यालयमा विगत साढे चार महिना देखी सईको भरमा चलिरहेको छ । कमहा शाखाका प्रमुख समेत रहेका सई देवराज शर्माले नै कार्यालयको समेत कार्यवाहक प्रमुख रहेका छन् । कार्यालय प्रमुख नहँुदा गैडाकोट क्षेत्रका स्थानियहरुलाई समस्या परेको एक स्थानियले बताए । –सूर्य बराल
चितवन÷गैडाकोट प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी विजय यादव अन्तत ः कार्बाहीमा परेका यादवको असुली धन्दाको बारेमा भण्डाफोरले निरन्तर उजागर गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ४ नंं प्रदेश प्रहरी कार्यालय पोखराले यादवलाई कार्वाही गरेको हो । प्रहरी निकट स्रोतका अनुसार यादवलाई गत असोज १० मा स्पष्टीकरण पत्र पठाईएकोमा यादवले १६ गते त्यसको जवाफ फर्काका थिए । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि यादवलाई प्रदेश कार्यालयले कार्यालय अन्र्ततग रहने  गरी पोखरा तानेको स्रोतले जानकारी दिएको छ । यादवले गैडाकोट क्षेत्रका होटल, लज तथा जुवा खालहरुबाट हप्ता असुली गरेको विषयमा भण्डाफोर निरन्तर समाचार प्रवाह गरेपछि यादवलाई यस अघि जिल्ला प्रहरी कार्यालय पारासीले समेत मौखिक स्पष्टीकरण र पेशागत मयार्दामा रहन कडा चेतावनी दिएको प्रहरी स्रोतले बताएको छ । कार्यालयको निर्देशनलाई अटेर गर्दे गैडाकोट क्षेत्रका भट्टी पसल होटल,  लज, रेष्टुरेण्ट देखी कवाडी पसल सम्म उनले असुलीको उत्पात मच्चाएका थिए । यादव कै संरक्षणमा गैडाकोट क्षेत्रमा जुवातास र वेश्यावृती मौलाउदै गएको विषयमा भण्डाफोर अभियानले यस अघि पटक–पटक समाचार सम्प्रेण गरेको थियो । समाचार सम्प्रेषण भए सँगै एकातिर पत्रकारलाई मिलाईदिन प¥यो भन्दै वार्गेनि· गर्दै हिडेका यादवले अर्को तर्फ यस्ता झारे झुरे पत्रिकामा लेखेर केही फरक नपर्ने , यस्ता झारे झुरे पत्रिकामा समाचार आएर आफूलाई केही फरक नपर्ने भन्दै ध्वास दिदै हिडेका थिए  । ग्रेड रोक्का सहित प्रहरी प्रदेश ४ नं. कार्यालयमा तानिएका यादवलाई सम्र्पक गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । यसै बिच यस विषयमा प्रदेश प्रहरी प्रमुख सँग बुझ्दा उनले यादवले गैरव्यवसायिक कार्य गरेकाले उनी माथी कार्बाहीको प्रक्रिया अगाडी बढाईएको बताए ।
गैडाकोट प्रहरी कार्यालय प्रमुख विहिन
यता इलाका प्रहरी कार्यालय गैडाकोट लामो समय देखी कार्यालय प्रमुख विहिन अवस्थामा रहेको छ । गत असारको पहिलो हप्ताबाट कार्यालय प्रमुख विहिन बनेकोे गैडाकोट प्रहरी नायव निरिक्षककै भरमा चलिरहेको छ । कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक रहने भएपनि सो कार्यालयमा विगत साढे चार महिना देखी सईको भरमा चलिरहेको छ । कमहा शाखाका प्रमुख समेत रहेका सई देवराज शर्माले नै कार्यालयको समेत कार्यवाहक प्रमुख रहेका छन् । कार्यालय प्रमुख नहँुदा गैडाकोट क्षेत्रका स्थानियहरुलाई समस्या परेको एक स्थानियले बताए ।