| 
  • मुख्य पृष्ठ

    शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गर्नुभएको छ । बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उहाँले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि…

    Read More
  • मुख्य पृष्ठ

    दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल

    देउखुरी,(दाङ)/एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताउनुभएको छ । दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उहाँले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताउनुभयो । महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भन्नुभयो, “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले…

    Read More
  • मुख्य समाचार

    ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’: बालेन्द्र शाह

    काठमाडौँ/काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपी खोजी गरी संरक्षणमा हातोमालो गर्न…

    Read More
  • मुख्य पृष्ठ

    विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा

    काठमाडौँ/विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रका शर्माले काँग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताउनुभएको छ । बिहीवार सञ्चारकर्मीहरुसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसको विशेष महाधिवशेन सफल भएको उहाँको दाबी छ । विशेष महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरु निर्वाचन आयोग गएको…

    Read More
  • मुख्य पृष्ठ

    भक्तपुरमा ‘सम्यक दान पर्व’ मनाइँदै

    भक्तपुर/भक्तपुरका बौद्ध धर्मालम्बीहरुले दानमध्येको महादान ‘सम्यक दान पर्व’ मनाउँदै छन् । बौद्ध धर्मावलम्बीहरुले नेपाल संवत् ७८७ भन्दाअघिबाट प्रत्येक वर्ष माघ १ गते सो पर्व मनाउँदै आएका जनाइएको छ । सम्यक महादान व्यवस्थापन सहयोग समितिद्वारा संयोजित पर्वमा करिब दुई हजार भिक्षुलाई महादन गर्ने लक्ष्य रहेको छ । समितिका अध्यक्ष गणेश बज्राचार्यले पाँच दीपकङ्र बुद्धका मूर्तिहरुलाई भक्तपुर…

    Read More
  • मुख्य पृष्ठ

    पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

    पर्वत/पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र…

    Read More
  • मुख्य पृष्ठ

    बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

    नेपालगन्ज/बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

    काठमाडौं/पार्टीले ५ वर्षको लागि निष्कासन गरेपछि गगन थापाले आफूहरूलाई केही लोभ नभएको बताएका छन् । बहुमत महाधिवेशनका प्रतिनिधि भए पनि निर्वाचन नगरी सहमतिको प्रयास गरेपछि पार्टीले अल्मल्याउने काम गरेको बताएका हुन् । ‘हामीलाई केही चाहिएको छैन । विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम सभापति चुनौँ । पूर्णबहादुर खड्का, शेखर कोइराला जसलाई बनाएर जाँदा पनि हुन्छ भन्यौँ,’…

    Read More
  • मुख्य समाचार

    नागरिक लगानी कोषको साधारणसभा सम्पन्न

    काठमाडौँ/नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१र८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश(नगदसमेत)वितरणको प्रस्ताव पारित गरेको हो । कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२…

    Read More
  • मुख्य पृष्ठ

    थारु समुदायको माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

    कञ्चनपुर/माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ । ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष चहलपहल देखिएको छ । प्रत्येक गाउँमा बरघर (बघरीया) र भलमन्साको आँगनमा…

    Read More